बुट्टाबारी । 

झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारीमा रहेको  एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीले अभिभावकका लागि अभिमूखीकरण कार्यक्रम गरेको छ । एभरेष्टले आज (आइतवार) बिद्यालयमा जीवनोपयोगी तथा प्रेरणादायी कार्यक्रम २०८२ अन्तरगत एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम गरेको हो । 

बालबालिकाका लागि अभिभावक पहिलो पाठशाला भएकाले नयाँ ज्ञान र उनीहरूमा देखिएका समस्या समाधानका लागि उक्त अभिमूखिकरण कार्यक्रम फलदायी हुने बिद्यालयका प्रिन्सिपल अनुप शर्मा बताएका छन् । 

evrest

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले अभिमूखिकरणको सहजीकरण गरेका छन् । एभरेष्ट स्मार्ट एजुकेशन एकाडेकीका प्रिन्सिपल अनुप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत शिक्षक तेजेन्द्र कोइरालाले गरेको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले आ–आफ्नो भनाई राखेका थिए । 

वत्ताहरुले शिक्षासेवी स्व. हरि प्रसाईले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चासमेत गरेका थिए । कार्यक्रमा बिद्यालय ब्यवस्थापन समितिकी सदस्य निरु उप्रेती ओली, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापा अध्यक्ष सरोज पौडेललगायतको आतिथ्य रहेको थियो भने अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्मार्ट एभरेष्टकी प्राथमिक तहकी इन्चार्ज सावित्रा भट्टराईले गरेकी थिइन् । 

यसअघि बिर्तामोडस्थित न्युटन्स एजुकशन एकाडेमीमा पनि तीन दिन बिद्यार्थी, अभिभावक र शिक्षकहरुलाई प्रशिक्षण दिइएको थियो ।  न्यूटन्समा पहिलो चरण कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइएको साथै दोस्रो चरणमा कक्षा ६ देखि १० सम्म र शनिवार शिक्षकलाई अभिमुखीकरण प्रदान गरिएको थियो ।