बिर्तामोड ।
नेपाली जनताको आन्दोलन, सघर्ष र वलिदानले मसान घाटमा पुर्याएर खरानी बनाइसकेको राज संस्था नफर्किने कोशी नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले बताएका छन् । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेता कार्कीले सलबलाई रहेको बताउँदै फेरी राजसंस्था फर्काउनुको अर्थ नरहेको बताउँदै त्यसको कुनै तोक र अर्थ नभएको बताएका छन् । ‘राज संस्था ब्यूताउने कुरा गर्नु दिनलाई रात पारेको कुरा उस्तै हो’ नेता राईले भने ‘पश्चिमबाट घाम उदाउने भने जस्तै हो ।’

उनले थपे ‘नेपाली जनता कहिल्यै पनि पछाडि फर्किएको र उल्लोबाटो हिडेको इतिहास छैन, त्यस्तै राजावादीहरुको आन्दोलनको कुनै अर्थ छैन ।’ बिर्तामोडमा बुधवार पत्रकारहरुसँग कुरा गर्दै नेता राईले नेपाली जनताहरु जहिलेपनि अग्रगमनको बाटोमा हिडेको क्रान्तिकारी सघर्षको इतिहास भएको बताए ।
उनले अहिले जनताहरुकै सघर्ष र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनको भनाई थियो । ‘संघीय लोकतान्त्रि गणतन्त्रले जनतालाई देशको मालिक बनाएको छ ।’ नेता राईले भने ‘जनताले चुनेका प्रतिनिधले राज्यसत्ता मुलुक एकपछि अर्को प्रगति विकासमा अघि बढेको त्थ्यले देखाएको छ ।’
‘राजसंस्थामा पिउने पानी १५ प्रतिशत जनतामा पुगेका थिएन, अहिले ९५ प्रतिशतमा पुगेको, बिजुली १० प्रतिशत थियो अहिले ९५ प्रतिशतमा पुगेको छ, सडक सञ्जाल ७ हजार किलोमिटर थियो हाल एक लाख १० वढी किलोमिटर कालोपत्रे भएको छ, राजाको पालामा नेपालीको औसत आयु ५४ बर्ष थियो अहिले ७१ बर्ष छ, सञ्चार सेवाको पहुँचबाट जनता बाहिर थिए आज भण्डै ३ करोड जनतासँग सञ्चार प्रवाह गर्ने साढे तीन करोड मोवाइल सेट छ ।’ नेता राईले भने ।
नेता राईले त्यसकारण पनि राजावादीहरुलाई संघीय लोकतान्त्रि गणतन्त्रको झण्डा बोकेर जनताको हितमा लाग्दा फाइदा हुने बताउँदै अन्यथा समय खेर फाल्नु, दुःख दिन, स्वास्थ्यका लागि हानिकारण रहेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने, हिजोका दिनमा बलिदान र योगदान गर्ने, त्यसको अगुवाई गर्ने शक्तिहरु अहिले पनि जीउँदै रहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि एमाले एक्लै भएपनि लाग्ने उनले बताएका छन् । राजसंस्था ब्यूताउँने दुस्प्रयास नगर्न उनले चेतावनीसमेत दिएका छन् ।