झापा ।
आज झापासहित देशभर बिभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइँदैछ । आज जेठ १५ गते अर्थात राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनका रुपमा गणतन्त्र दिवस मनाइँदैछ ।

निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनका रुपमा गणतन्त्र मनाइँदैछ ।
आज गणतन्त्र घोषणा भएको दिन जेठ १५ गते बिहान सूर्योदयसँगै नेपाली सेनाले बिगुल बजाएको छ । साथै तोप र बन्दुकको बढाईं गर्ने कार्यक्रम पनि छ । मुल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुनेछ ।
त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखि सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।