हल्दीबारी । 

जनताको जित भएको विशेष दिनको सम्झनामा हल्दीबारी गाउँपालिकामा गणतन्त्र दिवस मनाइने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्र पक्षधर हल्दीबारी गाउँपालिकाले विभिन्न कार्यक्रम दीपप्रज्वलन र कोणसभालगायतका कार्यक्रम गरेर मनाउने भएको छ।

 १७ औँ गणतन्त्र दिवसको अवसर पारेर गणतन्त्र पक्षधर हल्दीबारी गाउँपालिकाले विभिन्न कार्यक्रम गरेर मनाउने लागको हो । गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित  घाइते तथा अपाङ्ग र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मानगर्दै गणतन्त्र मनाउन लागिएको बताइएको छ । 

एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता हुन जरुरी भएकोले सम्पूर्ण गणतन्त्र पक्षदरहरू एक भएर गणतन्त्र दिवस मनाउन लागिएको बताइएको छ ।  नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा  एकीकृत समाजवादी  पार्टी, जसपा नेपाललगायतका विभिन्न गणतन्त्र पक्षदरका पार्टीहरूको उपस्थितिका साथ बैठक सम्पन्न गरिएको गणतन्त्र मनाउन लागिएको जानकारी दिएका हुन् । 

नेकपा एमालेका हल्दीबारी गाउँ कमिटी अध्यक्षसहित नेपाली कांग्रेस गाउँ समितिकाका अध्यक्ष, नेकपा माओबादीका अध्यक्ष र नेकपा एसलगायतका पार्टीहरुले संयुक्त रुपमा गणतन्त्र दिवस मनाउन लागेको जनाइएको छ ।