बिर्तामोड । 

संयुक्त पहिचानवादी मोर्चाले सांगठानिक विस्तारलाई निरन्तरता दिने  भएको छ । मोर्चाले आगामी जेठ २५ गते हल्दीबारी गाउँपालिका जेठको अन्तिम हप्ता भद्रपुर  र बिर्तामोडमा असार ५ गते भेला आयोजना गर्ने निर्णय गरेको मोर्चाका झापा संयोजक एलबी पालुङ्वाले जानकारी दिएका छन् । 

संयोजक पालुङ्वाका अनुसार बाँकी पालिकाहरुमा पनि गठन विस्तार प्रक्रिया सम्पन्न गर्दै जाने निर्णय  गरिएको छ । मोर्चाको सोमवार बिर्तामोडमा बसेको पहिलो सचिवालय बैठकले संगठन बिस्तारलाई निरन्तरता दिने निर्णय गरेको हो ।

यस्तै मोर्चाको सचिवालय बैठकले जिल्ला सचिवालय सदस्यमा मोगेन राईलाई  जिल्ला सल्हाकारमा प्रेम घिसिङ मनोनयन  भएको संयोजक पालुङ्वाले बताए । 

संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्था विरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिरहँदा संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने र खुलेरै त्यसको प्रतिवाद गर्ने समेत निर्णय  भएको बताइएको छ ।