बिर्तामोड ।
संयुक्त पहिचानवादी मोर्चाले झापामा संगठन बिस्तारलाई निरन्तरता दिदै आएको छ । संयुक्त पहिचानवादी मोर्चाको मेचीनगर नगरपालिकामा २३ सदस्यीय समिति गठन भएको छ ।

मेचीनगरमा बिहीबार भएको भेलाको मोर्चाले तेजबहादुर कन्दङ्वाको संयोजकत्वमा २३ सदस्यीय संयुक्त मोर्चा गठन गरेको मोर्चाका झापा संयोजक एलवी पालुङ्वाले जानकारी दिए ।
गठित मोर्चाको सह–संयोजक कोपिला लावती, साधु मगर, वेद राजवंशी, प्रकाश लावती, हर्क पंधाक, सन्तोष योङ्या, मानधोज लिम्बु, बमबहादुर योङ्या रहेका छन् भने सदस्य सचिवमा यामबहादुर साउदेन चयन भएका छन् ।
गठित मोर्चाको सदस्यमा अमर इजम, आशिष लिम्बु, सफल लिम्बु, भिम किराती, चन्द्रकला लिम्बु, रिता मेचे, संजिला तामाङ, उमा यक्पाङदेन, प्रदिप दनुवार, नन्द कमल लिम्बु, गणेशमाया सुहाङ, आइन्द्र सेलिङ र सुम्निमा लावती चयन भएका छन् ।
यसैगरी मोर्चाको सल्लाहकारमा आरबि पालुङवा, चन्द्र लिम्बू, टीका इधिङगो, कृष्ण धुमी राई, मैनराज लिम्बू बोखिम र वीरकुमार लिम्बू रहेका मोर्चाका झापा संयोजक पालुङ्वाले बताएका छन् ।