बिर्तामोड। 

संविधानसभा सदस्य एवं नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीले कांग्रेसका संस्थापक नेता विपी कोइरालाले सबै जातजातिको संवेदनशिलतालाई बुझेर समावेशी सहभागिता गराएकै कारण २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाई बहुमत प्राप्त गरेको बताएका छन् ।

नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघको प्रथम झापा जिल्ला अधिवेशनलाई प्रमुख अतिथिको आशनबाट संवोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले यस्तो धारणाराखेका हुन् । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरेपछि नेपाली कांग्रेसले शुरु गरेको आन्दोलनमा मुक्ति सेनाको पूर्वीय कमाण्ड भूविक्रम नेम्बाङ, प्रेमराज आङदेम्बे, मछिन्द्रबहादुर केरुङ लगायतले संहालेको स्मरण गर्दै नेता शिवाकोटीले लिम्बू जातिको भाषा, संस्कृति, भेषभुसाको संरक्षण गर्दै पार्टीको जनमत बढाउने दायित्व पूरा गर्न संघको नयाँ कार्यसमितिलाई आह्वान गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले पार्टीको अनुशासनमा बसेर प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरे नेपाली कांग्रेसले सबै जातजातिलाई समान स्थान दिने बताउँदै आफूले पनि पार्टीमा क्रियाशील भएकै कारण विभिन्न जिम्मेवारी प्राप्त गरेको धारणा राखे । 

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अन्य राजनीतिक दलले जातजातिको अधिकारको कुरा जोडदार रुपमा उठाएपनि पार्टी संगठनभित्र जिम्मेवारी नदिने गरेको बताउँदै नेपाली कांग्रेसले समावेशी सहभागितालाई ब्यवहारमा उतारेको दावी गरे । जातीय संगठनहरुको नेतृत्वमा बस्दै गर्दा पार्टीले लिएको नीति र जातीय संघसंस्थाहरुले उठाउने समसामयिक मुद्दाका विषयमा स्पष्ट हुनुपर्ने धारणा राख्दै उनले पार्टी नीति विपरित नजान कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) संघका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले बिपी कोइरालाको नेतृत्वमा भएको  प्रजातन्त्र स्थापनाको लडाईमा लिम्बूहरूको योगदानको चर्चा गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिले नेपाल लोकतन्त्रवादी याक्थुम  (लिम्बु) संघलाई भातृ संगठनको मान्यता दिएकोमा धन्यवाद दिए।  तिब्र गतिमा संगठन विस्तार  गर्न नव निर्वाचित समितिलाई निर्देशन दिँदै उनले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको भातृ संस्थामा बस्न पाउनु गौरवको विषय भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, कोषाध्यक्ष जलकुमार गुरुङ, महासमिति सदस्य राधा सुब्बा, संघका केन्द्रीय प्रतिनिधि प्रेम सम्बाहाम्फे, नेपाल किसान महासंघ झापाका अध्यक्ष रतन थिङ्लाबो लगायतले शुभकामना मन्तब्य राराखेका थिए । 

संघको निर्वाचन संयोजन समितिका संयोजक धर्म लक्सम्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत दिलकुमार नेम्बाङले गरेका थिए भने सञ्चालन मोहन माबोले गरेका थिए । अधिवेशनले मनकुमार चेम्जोङको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विजय कन्दङ्वा, सचिवमा प्रकाश साम्सोहाङ, सहसचिवमा प्रदीप मादेन, कोषाध्यक्षमा मुना कन्दङवा चयन भएका छन् ।

समितिका सदस्यहरुमा नवनिता पोमु, विक्रम लावती, गंगा आङदेम्बे, देउकुमार आङदेम्बे, सुमित्रा मादेन, ऐतराज लिम्बू, मंगलसिंह सम्बाहाम्फे, गंगा लिम्बू, सूर्य खजुम, इशा लिम्बू, सुजन लिम्बू, शुक्र केरुङ, मानबहादुर योङहाङ, पानबहादुर लिम्बू, बालकृष्ण लावती, दिलकुमार लिम्बू, कमलप्रसाद लक्सम्बा, धनकुमार लिम्बू, ध्रुव नेम्बाङ, कृष्णराज बेघा, देशु बेघा वनेम, लिलामाया मेनेङवो, मनिषा लिङदेन, विक्रम पन्धाक लिम्बू चयन भएका छन् ।

अधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हर्क फियाक लिम्बू, बुद्धबहादुर काङ्लिवा, हिरावती लिम्बू, शान्ता नेम्बाङ, कविन्द्र नेम्बाङ, धर्म लक्सम्बा, शेरबहादुर मादेन, भीमबहादुर चेम्जोङ, सविना बोखिम, हस्तकला बेघा नेम्बाङ, सुरेन्द्र तुम्रोक, शेरबहादुर लिम्बू, जापान थेवे, नरेन्द्र आङदेम्बे, डिल्ली मेनेङबो, कुमारी लिम्बू, निर्मला लिम्बू, रमा लिम्बू, विष्णुमाया बेघा, रत्ना लिम्बू, शुकपाल नेम्बाङ, पूर्णध्वज आङदेम्बे लगायतलाई चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।

कार्यक्रममा नवनिर्वाचित समितिलाई प्रमुख अतिथि, विशेष अतिथि एवं अतिथिहरुले प्रमाणपत्र प्रदान गर्दै खादा–माला लगाएर पदस्थापन गराएका थिए । अधिवेशनमा लिम्बू जातिको पहिचान झल्कने च्याब्रुङ नाच पनि प्रस्तुत गरिएको थियो ।