झापा  ।

नेकपा (माओवादी केन्द्र) को मध्य पहाडी लोकमार्गको अभियान आजवाट शुरु गरिने भएको छ । बैतडीको पाटनबाट शुरु गरिने अभियानमा भाग लिनका लागि बिहीवार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सुदुरपश्चिम पुगेका छन् ।

अध्यक्ष प्रचण्ड सहितका नेताहरू धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन् । यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्य पहाडी लोकमार्गको अभियान शुरु गर्न लागेको हो ।

आजदेखि सुरू गरिने मध्य पहाडी लोकमार्ग अभियानको क्रममा बैतडीको पाटन जाँदै गर्दा अध्यक्ष  ‘प्रचण्ड’ सहितको टिमलाई डडेल्धुराको सदरमुकाम अमरगढीमा पार्टीका नेताहरूसहित स्थानीयवासीले स्वागत गरेका थिए । 

सो अवसरमा अध्यक्ष प्रचण्डले अमरगढी चोकमा रहेको अमर शहीद भीमदत्त पन्तको सालिकमा माल्यार्पण पनि गरेका थिए । अध्यक्ष ‘प्रचण्ड’ सहितको मध्यपहाडी लोकमार्गको अभियान टिमले डडेल्धुराको सदरमुकाम अमरगढीमा मोर्निङ वकसमेत गरेको थियो ।