उदयपुर ।
योङ कम्युनिस्ट लिग (वाइसिएल) को तीन नगरपालिका र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भएको छ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन रुपमा चिनिने वाइसिएल उदयपुरका चार पालिकाका नयाँ नेतृत्व चयन भएको छ ।

कटारी नगरपालिका, त्रियुगा, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा वासिएलको पालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको वासिएल उदयपुरका जिल्ला संयोजक इश्वर पोखरेलले जनाएका छन् ।
जिल्ला संयोजक पोखरेलका अनुसार वाइसिएलको त्रियुगा नगरपालिकाको तेस्रो सम्मेलनबाट विशाल राईको अध्यक्षतामा ३३ सदस्य नगर समिति चयन भएको छ ।
यसैगरी चौडण्डीगढी नगरपालिकामाको वाइसिएलको तेस्रो नगरसम्मेलनबाट साङ्गेनहाङ राइको अध्यक्षतामा २९ सदस्य, कटारी नगरपालिकको दोस्रो नगरसम्मेलनबाट वाइसिएल नगर सन्देश कार्की अध्यक्षतामा ३६ सदस्य र दोस्रो गाउँपालिका सम्मेलनबाट लिम्चुङबुङ गाउँपालिकामा विश्वदिप राईको अध्यक्षतामा ३३ जनाको नयाँ कार्यसमिति चयन भएको छ ।
उदयपुरका ८ पालिकामध्ये बेलका नगरपालिका, रौतामाई गाउँपालिका र उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा वाइसिएलको पालिकासम्मेलन हुन बाँकी रहेको र बाँकी पालिकामा पनि सकेर छिट्टै जिल्ला सम्मेलन गर्ने तयारी रहेको बताइएको छ ।