शनिश्चरे । 

भ्रष्टाचारी जुनसुकै पार्टीका भएपनि तिनलाई कार्यवाहीको दायरामा ल्याउनुपर्ने नेपाली काग्रेस झापाका उप–सभापति शेरबहादुर भट्टराईले बताएका छन्। नेका झापाको संगठन सुधार अभियान अन्तर्गत क्षेत्र नं. २ अर्जुनधारा नपा वडा नंं १ र ८ मा आयोजित बृहत् अन्तरकृया कार्यक्रमका सहभागीहरूको जिज्ञासा र गुनासाको जबाफ दिँदै भट्टराईले संगठनलाई बलियो बनाउन वडा र गाउँ स्तरबाटै भावनात्मक एकता सहितको संदेश नेतृत्व सम्म पुर्याउनुपर्ने विचार राखेका थिए।

कार्यक्रमका विशेष अतिथि नेका जिल्ला सचिव कृष्ण हुमागाईंले अनुशासनबिना संगठन मजबुत हुन नसक्ने बताउँदै पार्टीभित्रका आन्तरिक मनमुटाव, फरक विचार, गुनासाहरुलाई पार्टीकै फोरममा खुलेर छलफल गर्नुपर्ने तर सार्वजनिक स्थलमा बसेर अनावश्यक टिप्पणी गर्नु पार्टीहित विपरीत हुने बताए ।

क्षेत्रिय सभापति खगेन्द्र मैनालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्षेत्र नं. २ अन्तर्गतका २५ वटा वडामा यो कार्यक्रम पुर्याउन सुरू गरिएको जानकारी दिए।  अर्जुनधारा नगर सभापति हेमराज खरेलले नगरको संगठनको अवस्था जानकारी गराउँदै क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा रहेको बताए ।

अन्तरक्रियामा मुलुकमा भ्रष्टाचार बढेको, वर्तमान गठबंधन सरकारमा कांग्रेसको उपस्थिति प्रभावहीन भएको, नेतृत्वको स्वेच्छाचारिताले पार्टीमा निराशा छाएको,  पार्टी कार्यकर्ताको संरक्षण नभएको, चुनावी गठबन्धनले कार्यकर्ताको मनोबलमा ह्रास गराएर असन्तुष्टी बढेको लगायतका बिषयमा घनिभुत छलफल भएको थियो ।

वडा नम्बर ८ मा सेवन्त ढकाल, देवी आचार्य, पर्शुराम खरेल, तारानाथ काफ्ले, माधव प्र खरेल, विजय राई, पदम प्रसाई, उदयनारायण गिरी, लिलक सिटौला,  सरु बुढाथोकी लगायतले भाग लिएको कार्यक्रमको अध्यक्षता वडा सभापति गोपी चन्द गौतम र सहजीकरण इन्दिवर खड्काले गरेका थिए भने  वडा नम्बर १ मा  कुमार पौडेल, लेक ब विश्वकर्मा, चन्द्र प्रसाद प्रसाईँ, नन्दलाल खनाल, तारा बस्नेत, नेत्रप्रसाद आचार्य, सरिता काफ्ले,याम गिरी, लक्ष्मी पौडेल, बिष्णुप्रसाद चौलागाईं, डम्बर प्रसाईँ, रामबहादुर खड्का, केदार गिरी, टीकाराम पौडेल, वीरबहादुर बस्नेत, देवनारायण राई, उपेन्द्र बस्नेत, सरस्वती सिटौला लगायतको सहभागिता रहेको अन्तरक्रियाको अध्यक्षता वडा सभापति मदन ढकाल र सहजीकरण  चूडामणि फुयाँलले गरेको नेका झापा सूचना, संचार तथा प्रचार विभाग प्रमुख शेखर सुवेदीले जानकारी दिए ।