हल्दीबारी ।
नेकपा (मोओवादी केन्द्र) हल्दीबारीले सुकुम्बासी समस्या सामाधान गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । माओवादी हल्दीबारीले आज (सोमवार) एक कार्यक्रमका बिच हल्दीबारी गाउँ पालिकालाई निसा प्राप्त जमिनहिन सुकुम्बासीहरुलाई नाप–जाँच कार्य सम्पन्न गरि यथाशीघ्र लालपूर्जा बितरण गर्न ज्ञापन पत्र बुझाएको हो ।

माओवादी केन्द्र हल्दीबारीका अध्यक्ष खगेन राजवंशीको नेतृत्वमा पालिकामा ज्ञापनपत्र बुझाइएको बताइएको छ । कार्यक्रममा पार्टीका जिल्ला सचिव संविधानसभा सदस्य मोहन टुडु, क्षेत्रिय संयोजक टीका पोखरेल पालिका इन्चार्ज बिजय प्रकाश लावती सहितको उपस्थितमा गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबि मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), आयोग प्रमुख दिपक रेग्मीलाई संयुक्त रुपमा पार्टीका जिल्ला कमिटी सचिव मोहन टुडुले ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापन पत्र बुझ्दै पालिका तर्फबाट अध्यक्ष लिङ्देनले पालिकाले जति सक्दो चाँडो सुकुम्बासी समस्या हल गर्ने प्रतिवद्वता जनाएका छन् । गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन पार्टीका सह–सचिव कृतम वनले गरेका थिए । कार्यक्रममा एक सय वढी सुकुम्बासीको सहभागी रहेको थियो ।