विर्तामोड । 

राष्टियसभाका सदस्य एवं नेपाली कांग्रेसका नेता गोपालकुमार बस्नेतले आफ्नो कर्तब्य पालना गरेर अधिकार रक्षाका लागि सचेत हुन मजदुरलाइ आह्वान गरेका छन् । 

नेपाल टेड युनियन कांग्रेस झापाले १३६ औं श्रमिक दिवसको अवसर पारेर आयोजना गरिएको श्रमिक सभालाइ प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । 

विपीले गरिब किसान र मजदुरको फोटो हेरेर देशको योजना बनाउन आग्रह गरेको प्रसंग सम्झदै नेता बस्नेतले मजदुरको भलाईका लागि काम गर्न राजनीतिक दल, पेशागत संगठन र सरकारलाइ आग्रह गरे । 

कार्यक्रममा बोल्दै नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामांगले ऐन नियमको पालना, सामाजिक सुुरक्षा र पेशागत हकहितका लागि मजदुर एकता जरुरी रहेको बताए । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले विपीको मार्गदर्शन अनुुसार मजदुरको उन्नति, प्रगति र अधिकार रक्षाका लागि काम गर्नुपर्ने बताउँदै शिक्षा, स्वास्थ्यमा लोककल्याणकारी नीति अपनाउनुपर्छ भन्ने पार्टीको स्पष्ट नीति रहेको उल्लेख गरे ।

कार्यक्रममा टेड युनियन कांग्रेसका केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, कोशी प्रदेश उपाध्यक्ष गंगाप्रसाद ओडारी, नेपाली कांग्रेस विर्तामोड २ का वडा सभापति देवीप्रसाद खरेल, दीपक काफ्ले लगायतले शुुभकामना मन्तव्य राखेका थिए । 

नेपाल टेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष राजकुमारी शेर्पा राई र सञ्चालन सचिव जीवन खड्काले गरेका थिए ।