काँकरभिट्टा । 

लोकतान्त्रिक पार्टीभित्र छलफल, अन्तरक्रिया, वादविवाद, प्रतिस्पर्धा र मतमतान्तर स्वभाविक हुने नेपाली काँग्रेस महा समिति सदस्य राम कट्टेलले बताएका छन् । कांग्रेस जीवन्त पार्टी भएकोले यस्ता क्रियाकलापहरुलाई लोकतान्त्रिक अभ्यासका रुपमा लिइने पनि उनले बताए।

नेपाली काँग्रेस झापाको संगठन सुधारका लागि १ महिने अभियान अन्तर्गत मेचीनगरको वडा नं १० मा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कट्टेलले मुलुकमा भ्रष्टाचार र अनियमिततले जरो गाड्दै गएको देखिएकोले यसको अन्त्यका लागि तलैबाट आवाज उठ्नुपर्ने  बताए।

कांग्रेस पूर्व जिल्ला उपसभापति समेत रहिसकेका कट्टेलले सङ्गठनलाई दह्रिलो पार्न र पार्टी प्रति फैलाइएका भ्रम चिर्न यो अभियान सफल हुने विश्वास पनि व्यक्त गरे ।

क्षेत्र नं १ का लागि जिल्ला प्रतिनिधि तथा पार्टी सचिव कृष्ण हुमागाईंले अन्तरक्रियाका सहभागिहरुको प्रश्नको उत्तर दिंदै मुलुकलाई आत्मनिर्भर बनाउन राजनीतिक स्थिरता खाँचो पर्ने भएकोले वर्तमान गठबंधन सरकार बनेको धारणा राख्दै कांग्रेस राजनीतिक स्थिरताको पक्षमा रहेको बताए। 

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै  क्षेत्रीय सभापति इन्द्र बहादुर बुढाथोकीले गाउँ र वडा तह बलियो नबनी केन्द्र बलियो नहुने भएकोले स्थानिय स्तरका गुनासा र सुझावहरु संकलन गरी पार्टी भित्रका  कमीकमजोरी हटाई अगाडि बढ्न अभियान सञ्चालन गरिएको उनले बताएका छन् ।

kaka 4


अन्तरक्रियाका सहभागीहरुले प्रशिक्षणको आवश्यकता, पद धारण गरेर जिम्मेवारी बहन नगर्ने प्रवृत्ति, नेतृत्वको गलत क्रियाकलापले जनमानसमा परेको नकारात्मक प्रभाव,  पार्टीमा युवाहरुलाई स्थान दिइनुपर्ने लगायतका विषहरुमा खुलेर अन्तरक्रिया गरेका थिए ।

अन्तरक्रियाका सहभागीहरु धिरावती लिम्बु, केदार गौतम, पूर्ण एक्तेन, टिका सुवेदी, शंकर विक, कुसुम कोईराला, ज्ञानबहादुर थापा लगायतले आ–आफ्ना विचार, गुनासा र सुझाव राखेका थिए । 

वडा उपसभापति मेदनी खनालको सभापतित्वमा सम्पन्न अन्तरक्रियाको सहजीकरण  वडासचिव रमेश श्रेष्ठले गरेको हाल सम्म क्षेत्र नं  १ अन्तर्गतका २१ वडा मध्ये १० वटा वडामा अभियान सम्पन्न भइसकेको सूचना, संचार तथा प्रचार प्रमुख शेखर सुवेदीले जानकारी दिए।