झापा ।
नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठमा महिनामा हुने भएको छ ।

वाइसिएलले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी तेस्रो राष्ट्रिय सम्मेलन जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।
राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा हुने बताइएको छ । त्यसैगरी, प्रदेश सम्मेलनहरु जेठ ५ गतेसम्म गरिसक्ने वाइसिएलले जनाएको छ ।

बागमती प्रदेशको वैशाख १७ र १८ गते काठमाडौंमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदुरपश्चिमको बैशाख २३ र २४ गते धनगढीमा, १ नम्बर प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङको घोराहीमा र मधेशको जेठ ४ र ५ गते गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा बताइएको छ ।