दुर्गापुर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कनकाई नगर समितिले नगरपालिकालाई १३ सुत्रिय मागसहित ज्ञापनपत्र बुझाएको छ । पार्टीले रास्वपाले आज (मंगलबार) कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएको हुन् ।

नगरले सम्पादन गरिहेका दैनिक जनसरोकारका सेवाहरु तथा राज्य स्रोतको सम्पत्ती र जनताबाट संकलित करको न्यायोचित बाडफाँड गरी आवश्यकता र प्राथमिकताको आधारमा लक्षित वर्गलाई न्याय पुग्ने गरी बाडफाँड गरिनु पर्ने साथै नगरपालिकाले अवलम्बन गर्ने नीति, बजेट बाँडफाँड महत्वपूर्ण, दुरगामी निर्णयहरुमा राजनैतिक पार्टीहरुको पनि प्रतिनिधित्व मागसहितका विषयहरुमा ध्यानाकर्षण गराउँदै रास्वपाले ज्ञापनपत्र बुझाएको छ ।
पेशागत हकहितका माग राखेर शिक्षकहरुले सञ्चालन गरिरहेको आन्दोलनकाप्रति राज्य गम्भीर वनी उचित मागलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयको भर्ना समयमा नै सञ्चालन तथा नयाँ शैक्षिक सत्रको पठन–पाठन सञ्चालन गर्ने गराउने वातावरण सृजना गर्न आवश्यक भूमिका निर्वाह गर्नसमेत माग गरिएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक एवं अन्यपक्षको व्यापक सुधारको लागि यथेष्ट बजेट विनियोजित साथै संस्थागत विद्यालयसँग समेत सहकार्य गरी राज्यले निर्धारण गरेको गरीव तथा लक्षित वर्गले पाउनुपर्ने सुविधालाई समेत निश्चित गरिनुपर्ने, नगर अस्पतालको भौतिक निर्माणलाई चाँडो सम्पन्न गरेर २४ औं घण्टा स्वास्थ्य उपचार पाउने व्यवस्था गरिनु पर्ने, कृषि, व्यापार, व्यवसाय, उद्योग सञ्चालन गरिरहेका नागरिकलाई प्रोत्साहान गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, बजेटको वाडफाँट गर्दा जनजिवीकाको प्रत्यक्ष सरोकार रहेर आयआर्जन बृद्धि गरी जीवनस्तर सुधार हुन सक्ने क्षेत्रको खोजी गरी साथै अनुगमन, निरीक्षणलाई प्रभावकारी बनाइनु पर्ने माग रास्वपाले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी प्राकृतिक सम्पदा, धार्मिक एवं पर्यटकीय सम्पदा, कला एवं संस्कृति, सार्वजनिक सम्पत्तीको संरचना एवं संवद्र्धनका लागि विशेष योजना तथा कार्यक्रम ल्याइनसु पर्ने, जनताले तिरेको कर र त्यसबाट लक्षित समुदायले प्राप्त गरेको प्रतिफलको बारेमा समिक्षा गरी प्रतिफल विहीन र अनावश्यक खर्चलाई कटौती गरी सही सदुपयोग गरिनु पर्ने, युवा, बालबालिका, अपाङ्गता भएका समूह, एकल महिला, ज्येष्ठ नागरिकहरुको संरक्षण र क्षमता सीपको उपयोग हुने र सुरक्षा हुने तथा संरक्षणका क्षेत्रहरु पहिचान गरी कार्यक्रममा समावेश गरिनुपर्ने, लागु औषध दुव्र्यसनी रोकथाम गर्दै खेलकूदको विकास र उदयमान खेलाडीहरुको क्षमतालाई पहिचान र व्यवसायीक बनाउन प्रोत्साहन उन्मुख कार्यक्रम ल्याइनु पर्ने, सडक दुर्घटना न्यूनीकरणका लागि ठोस योजना र कार्यक्रम सञ्चाल, सुरुङ्गाको तल्लो बजारको समस्यालाई छिटो भन्दा छिटो व्यवस्थित गर्नुपर्ने, कनकाई २ मा रहेको उर्जालाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनु पर्ने र कनकाईमा रहेका पर्यटकिय क्षेत्र सिमसार, धार्मिक स्थल कोटीहोम, धनुषकोटी धामलाई उचित बजेटको व्यवस्थापन गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
रास्वपा कनकाईका नगर सभापति मोहन थापाको नेतृत्वमा रास्वपाका झापा सचिव सम्भू सुस्केरा, उपसभापति दिनानाथ खतिवडा, नगर सचिव प्रेमप्रसाद भण्डारी, कनकाई २ का सभापति पुष्पराज गिरी, सचिव चन्द्रा बुढाथोकीको टोलीले ज्ञापनपत्र बुझाएका हुन् ।
यता नगर प्रमुख पोखरेलले ज्ञापनपत्र बुझ्दै नगरपालिकाका चासोको बिषय भएको र प्रायः सवै काम गरिरहेको बताउँदै अझ त्यसलाई सशक्त रुपमा कार्यसम्पादन गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले सवैको सल्लाहसुझावकै आधारमा नगरको बिकास गर्ने गरेको र आगामी दिनमा पनि गर्ने बताएका छन् ।