भद्रपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शनसहित ज्ञापनपत्र बुझाएको छ । यसै क्रममा राप्रपा झापाले पनि झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (मंगलबार) ज्ञापनपत्र बुझाएको हो ।

देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने केन्द्रिय कार्यक्रम अनुसार झापाले पनि ज्ञापनपत्र बुझाएको छ ।
राप्रपा झापाको आयोजना तथा कोशी प्रदेश अध्यक्ष राम थापाको नेतृत्वमा, केन्द्रीय सह–महामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रिय सदस्यहरु राजकुमार पोखरेल, अन्जार आलम, झापा अध्यक्ष केशवप्रसाद ओझाको उपस्थितिमा ज्ञापनपत्र बुझाएइको थियो ।
ज्ञापनपत्र बुझाउन अघि भद्रपुर नगरपालिका–८ नेपाल विद्युत प्राधिकरणको पूर्व खाली मैदानमा करिव पाँचसय जनाको भेला भई विभिन्न नाराहरू लगाउँदै र्याली सहित चन्द्रगढी बजार परिक्रमा गरी प्रशासन गएर ज्ञापनपत्र बुझाएका हुन् ।
गणतन्त्र मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, तीनकुनेमा घटनाको निष्पक्ष छानबिन आयोग गठन गर, राजतन्त्र जिन्दाबाद, हिन्दूराष्ट्र कायम गर, आस्थाका बन्दी रिहा गर, संघीयता खारेज, सरकारको घुसपेठ बन्द गरलगायतका नारासहित र्याली गरेका थिए ।