झापा।
सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना रिहा भएका छन् ।

आज (आइतबार) दिउँसो पक्राउ परेका ७ जनालाई छाड्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जानकारी दिएको हो ।
सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाहि र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका थिए । बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।
राप्रपा का अध्यक्षसहित नेताहरु पक्राउ गरेको भन्दै झापाको बिर्तामोडमा आज साँझ बिरोध प्रदर्शन गरिएको थियो । आज साँझ बिभिन्न नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको थियो ।
शान्तिपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष लिङ्देनसहितका नेतालाई बिनासर्त रिहाईको माग गर्दै राप्रपाले बिरोध प्रदर्शन गरेको थियो ।