बिर्तामोड। 

साहित्य चौतारी बिर्तामोड झापा नेपालले शनिश्चरे बहुमुखी क्याम्पसलाई रकम सहयोग गरेको छ ।  शनिश्चरे बहुमुखी क्याम्पसमा स्थापना गरिएको अक्षयकोषका लागि ५१ हजार एक सय ५१ रूपैयाँको चेक हस्तान्तरण गरिएको हो।

साहित्य चौतारी बिर्तामोडका संस्थापक संरक्षक र अध्यक्ष देवीभक्त श्रेष्ठ, सचिव तुलसीप्रसाद निरौला, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सदस्य चित्रा पौड्याल, कानूनी सल्लाहाकार कृष्ण पौडेललगायतले शनिश्चरे बहुमुखी क्याम्पसका अध्यक्ष हेमराज  खरेल, उपाध्यक्ष  लोकनाथ गौतम, सदस्यहरू शेखरनाथ अधिकारी,  लोकमान श्रेष्ठ, क्याम्पस  प्रमुख मोहनप्रसाद ओली,  सहायक क्याम्पस प्रमुख  कृष्ण थापालाई चेक हस्तान्तरण गरेका थिए।

क्याम्पस  प्रमुख मोहनप्रसाद ओलीले शनिश्चरे बहुमुखी क्याम्पसमा अक्षयकोष स्थापना  गरिएको र अक्षयकोषको व्याजबाट गरिव तथा जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने बताए।

शनिश्चरे बहुमुखी क्याम्पसका अध्यक्ष हेमराज  खरेलले शनिश्चरे बहुमुखी क्याम्पसमा गत २०६८ सालमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको र उक्त महायज्ञमा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक र अध्यक्ष देवीभक्त श्रेष्ठ, संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले ५१ हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरे बमोजिम उक्त रकम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै उक्त रकम अक्षयकोषमा राखिने बताए।

कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक र अध्यक्ष देवीभक्त श्रेष्ठले आफ्ना पिता भीमबहादुर श्रेष्ठ माता पञ्चकुमारी श्रेष्ठ,  धनमाया विमली, जगन्नाथ विमलीदेखि आफू र उर्मिलासमेतले उक्त क्षेत्रमा योगदान पुर्याएको र उक्त योगदानलाई अमर राख्न महायज्ञमा रकम प्रदान गर्ने घोषणा गरेको र अहिले आएर सो रकम प्रदान गर्ने सौभाग्य प्राप्त गरेको बताए।

कार्यक्रमका सहभागीले प्रायः गरेर महायज्ञमा धेरै महानुभावले रकम प्रदान गर्ने घोषणा गर्ने गरेपनि महायज्ञमा घोषणा गरेको रकम प्रदान नगर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा महायज्ञमा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक र अध्यक्ष देवीभक्त श्रेष्ठ, संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले ५१ हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरे बमोजिम उक्त रकम प्रदान गरेर उदाहरणीय कार्य गरेको बताए।