चन्द्रगढी ।

नेपाल कम्युनिष्ट पार्टी झापाले बिर्तामोडमा आज (आइतबार) प्रतिगमन बिरुद्द जन प्रदर्शन गरेको छ । पछिल्लो समयमा  राजाबादीहरुको आन्दोलन देखिए पछि नेकपाले देशब्यापी रुपमा  प्रतिगमनका बिरुद्ध आज जनप्रदर्शन गरेको हो ।

बिर्तामोडको पश्चिम बस स्टेन्डबाट शुरु भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र चाहिदैन, समाजबादी गणतन्त्र जिन्दाबाद, अबको बिकल्प बिप्लब र समाजवाद जिन्दावाद, जस्ता नारा लगाएका थिए ।

जनप्रदर्शन पछि बिर्तामोडको मुक्तिचोकमा आयोजित कोण सभालाइ सम्बोधन गर्दै नेकपा झापा अध्यक्ष सुमन सिंह सीले राजाबादीहरुको आन्दोलनले भुइँ मान्छेहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभुत पक्षका समस्या समाधान गर्न नसक्ने दाबी गर्दै अबको बिकल्प समाजबाद  र त्यसको लागि बिप्लबको नेतृत्व आवस्यक रहेको धारणा राखेका थिए ।

नेकपाको केन्द्रीय सदस्य समेत रहेका सीले भने ‘अहिलेको यथास्थितिको बिकल्प राजतन्त्र हुन सक्दैन । न त यसको बिकल्प अहिलेको जस्तै दलाल पुँजीवादी गणतन्त्र हुन्छ । अबको बिकल्प भनेको समाजवाद नै हो ।’

नेकपाका केन्द्रीय सदस्य अर्जुन सी समेतको सहभागिता रहेको जनप्रदर्शन पछि आयोजित कोण सभामा माझी जातिको सास्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।