झापा  । 

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि ६ सय ८६ जना शिक्षकको भर्ना खुलाएको छ। आयोगले आज (बिहीबार) सूचना जारी गरी सामुदायिक विद्यालय निम्न माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी शिक्षकका लागि विज्ञापन गरेको हो। 

आयोगले नेपाली शिक्षक १०९, अंग्रेजी शिक्षक १७१, गणित शिक्षक ११२, विज्ञान शिक्षक १०१, गणित विज्ञान शिक्षक ८०, सामाजिक शिक्षक १०९, स्वास्थ्य तथा शारीरिक शिक्षक एक, संस्कृत शिक्षक दुई र संस्कृत भाषा शिक्षक एक जना आवश्यक परेको सूचना जारी गरेको छ। 

शिक्षक सेवा आयोगद्धारा जारी सूचनामा भनिएको छ  ‘माथि उल्लेखित शिक्षकहरुको आवश्यक परेकाले इच्छुक र योग्यले दरखास्त दिन सक्नेछन् ।’ यस्तै योग्य तथा इच्छुकले आयोगको आधिकारिक अनलाइन प्रणली बाट पनि अनलाइन दरखास्त दिन सक्नेछन् ।