बिर्तामोड।
साहित्य चौतारी बिर्तामोड झापा नेपालले बरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्रीको स्मृतिमा श्रद्दाञ्जलि सभा कार्यक्रम सम्पन्न गरेको छ।साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा सल्लाहकार सदस्य बरिष्ठ लोकगायक अनिरूद्र ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य साहित्यकार डीपी शर्माले बरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्रीको व्यक्तित्व तथा कृतित्व बारे प्रकाश पार्दै क्षेत्री बहुमुखी प्रतिभाका धनी भएको बताए ।
कार्यक्रममा प्रमुख अतिथी सल्लाहकार सदस्य बरिष्ठ लोकगायक अनिरूद्र ओलीले बरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्रीको निधनले नेपाली साहित्यिक क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक र अध्यक्ष देवीभक्त श्रेष्ठले बरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्री नेपाली साहित्यिक क्षेत्रका नक्षत्र रहेको र साहित्य चौतारी बिर्तामोड झापा नेपालको अभिभावक भएको बताए। बरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्रीले साहित्य चौतारी बिर्तामोड झापा नेपालले प्रकाशन गरेको रजतवर्ष विशेषाङ्क कृतिमा शुभकामनासहित गहकिलो मन्तव्य लेखिदिएर ठूलो गुन लगाएको उनले बताए । कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।