चन्द्रगढी ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सीले जनताका आधारभूत आवश्यकताहरुमा राज्यको अभिभावकिय भुमिका नहुँदा गणतन्त्र प्रति आक्रोश बढेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी झापाले आज (मंगलबार) बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव बिप्लवले उक्त धारणा राखेका हुन् ।
शिक्षा , स्वास्थ्य , रोजगारी र उत्पादनमा राज्यको अभिभावकिय भुमिका नहुँदा जनतामा वर्तमान शासन प्रणाली प्रति नै नकारात्मक धारणा बढेको भन्दै महासचिव बिप्लवले राज्य यसमा सम्बेदनशिल हुनुपर्ने बताएका छन् ।
उनले भने ‘अहिलेका तमाम राजनीतिक तथा आर्थिक समस्या समाधानका लागि समाजवादी गणतन्त्र नै आवस्यक छ र त्यसले मात्र मुलुकलाई अग्रगमन तर्फ दिशाबोध गर्न सक्छ ।’
समाजवादी मोर्चाका अध्यक्ष समेत रहेका महासचिव बिप्लवले आज नै बिर्तामोडका उद्योगी, ब्यवसायी, सुकुम्बासीसँग छलफल गरेका छन् । सो क्रममा उनले उद्योगी, ब्यवसायी र सुकुम्बासीका समस्या समाधानका लागि राज्यलाई दबाब दिने प्रतिबद्द्ता ब्यक्त गरेका छन् ।
नेकपा झापाले महासचिव बिप्लवको उपस्थितिमा परिवर्तन बिरोधी चलखेल र नेपाली समाजको आगामी बाटो बिषयक अन्तरक्रिया कार्यक्रम समेत बिर्तामोडमा सम्पन्न गरेको छ ।