झापा । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । बोर्डले २०८२ बैंशाख ११ गतेदेखि सञ्चालन हुने परिक्षाका लागि परिक्षा केन्द्र निर्धाण गरेको हो । 

परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१फागुन २८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो । 

परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि बैशाख  २४ गतेसम्म सञ्चालन हुँदैछ । कक्षा १२ को परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना राष्ट्रिय परीक्षा बोर्डको वेव साइटमा गएर हेर्न सकिनेछ ।