झापा । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द बिप्लव झापा भ्रमणमा आएका छन् । शनिवार साँझ उनी काठमाडौंबाट भद्रपुर बिमान स्थल आइपुगेका हुन् ।

नेता बिप्लवले चैत ३, ४ र ५ गते झापा जिल्लाका विभिन्न स्थानमा अग्रगामी प्रवृतीसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।  बिप्लवको उदेश्य झापालाई देशको आगामी निकाससँग जोड्न मसिनो गरि छलफल गर्ने रहेको छ ।

 महासचिव बिप्लवको यो भ्रमण वर्तमान राजनितिक अन्यौलताको कारण भ्रमको खेती चलाएर झापा मार्फत प्रतिगमनकारी षड्यन्त्रलाई टेवा पुर्याउँदै आएको प्रवृतिलाई निरुत्साहित गर्ने र झापाको क्रान्तिकारी कम्युनिस्ट प्रवृतिलाई अग्रगामी निकासमा जोड्ने उदेश्यसँग सम्बन्धित रहने पार्टीका झापा जिल्ला इन्चार्ज सुमनसिंह सीले जानकारी दिए । 

बिप्लवलाई स्वागत गर्न पार्टीका किरात–लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सीको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरु भद्रपुर बिमानस्थल पुगेका थिए । महासचिव बिप्लवलाई उनीहरुले बिमान स्थलमा स्वागत गरेका थिए। बिप्लवको यो पटकको झापा भ्रमणले झापालाई नयाँ ढंगले अग्रगामी पहलको निम्ति ध्रुबिकृत गर्ने बिश्वास रहेको पार्टीका केन्द्रिय सदस्य अर्जुन सीले बबताए ।