बिर्तामोड ।
झापाको बिर्तामोडमा एक दिने शैक्षिक उत्सव भएको छ । वीरता युिनयर जेसीजको आयोजना तथा बीएण्डसी अस्पताल बिर्तामोडको प्रायोजन र पाथिभरा इन्जिनियरिङ कलेजको सह–प्रायोजनमा ‘एजुकेशन फेष्ट २०२५’ भएको छ ।
‘आजका युवा भोलिका लागि देशका स्तम्भ’ भन्ने नाराका साथ बिर्तामोड–२ रामचोकमा आज (बिहीवार) स्टलसहितको शैैक्षिक उत्सव भएको हो । बीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगर कार्यबहाक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा डा. महेन्द्र थापा, इ. शीतल मण्डल, पत्रकार नरेन्द्र ढकाल, प्रदीप परियार, युवा ब्यवसायी बिमल राजवंशी, पर्यटन ब्यवासयी दिक्षित ढकाल, थ्रिडि आटीस्ट प्रियाशु भट्टराई, युवा नेता अमिर राई, होलस्टीक लाइफ कोच तृष्णा रेग्मीले प्रस्तुती दिएका थिए ।
झापाका २५ बढी बिद्यालयका प्लस टु अध्ययनरत बिद्यार्थीको सहभागीता रहेको थियो । कार्यक्रममा बिभिन्न बिद्यालयले ब्याण्डको प्रदर्शनीसहित सांस्कृतिक कार्यक्रमगरेका थिए ।
स्वागत बीरता जुनियर जेसीजकी महासचिव बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, गोमेन्द्र बहुमुखी क्याम्पसका विकास कोइरालालगायतका आतिथ्य रहेको थियो भने बाक्लो बिद्यार्थीको उपस्थितिसमेत रहेको थियो । कार्यक्रमको सञ्चालन विनिता आचार्य र आश्मा सिटौलालले संयुक्त रुपमा गरेका थिए ।