झापा ।
ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा निर्माणधिन पाथिभरा केवलकार खारेज पक्षधरले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिले सोमवार फागुन २८ गतेदेखि चैत २५ गतेसम्मका बिभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघर्ष समितिले सार्वजनिक गरेको कार्यक्रम अन्गरगत फागुन २८ गते काठमाडौं बुद्धिजीवि भेला, चैत २ गतेदेखि राजनीतिक दलहरु, प्रदेश तथा संघिय सांसदहरुलाई मुक्कुमलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र दिने, चैत ३ गतेदेखि राज्य सत्ताको ३ वटै अंग सरकार, संसद र न्यायलयहरुलाई मुक्कुमलुङ संरक्षण आन्दोलनबारे जानकारी पत्र दिने, चैत ४ गतेदेखि चैत १२ गतेसम्म संरक्षणकारी अगुवा कार्यकर्ताहरुसँग बिभिन्न स्थानमा भेला तथा छलफल गरिने युवा नेता एलबी पालुङ्वाले जानकारी दिए ।
उनका अनुसार जस अन्तरगत तेह्रथुम, पाचथर, धनकुटा, संखुवासभा र ताप्लेजुङ, ईलाम, झापा, मोरङ, सुनसरी, सोलु, खोटाङ, भोजपुर, ओखलढुंगा र उदयपुरको भेला तथा छलफल साथै काठमाडौ उपत्यकाको भेला तथा छलफलमा चैत ४ गते अन्य जिल्लाको भेला तथा छलफल र अन्तर जातिय समन्वय तथा भेलाका बिषयमा छलफल गरिनेछ ।
यसैगरी चैत ६ गते. अन्तर धार्मीक समन्वय र भेला, चैत ७ गतेदेखि अन्तर्राष्ट्रिय निकायहरुमा मुक्कुमलुङ संरक्षण आन्दोलनबारे विस्तृत जानकारी पत्र दिने, चैत १५ गतेदेखि २२ गतेसम्म १४ वटै जिल्लामा गाउँ जागरण अभियान र घाईते तथा वारेण्टेडहरुको परिवारसँग भेटघाट साथै त्यहि समयमा मुक्कुमलुङ संरक्षण स्वयम् सेवक टोली पनि निर्माण गरिनेछ र त्यो ताप्लेजुङ जिल्ला केन्द्रित हुने साथै त्यहि समयमा मधेश प्रदेशमा पनि संघर्ष समितिहरु निर्माण गरिने समितिले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी सोही आन्दोलन अन्तरगत संघर्ष समितिले जनप्रदर्शन, आम सभा, अनशन र बन्द गर्ने बताइएको छ । चैत २ गते धरानमा मुक्कुमलुङ सम्मेलन, चैत ३ गतेदेखि ताप्लेजुङ फुङलिङमा रिले अनशन शुरु, चैत ३ गते जुम मार्फत विश्वभरी जानकारी दिन राज्यद्वारा मानवता विरुद्धको जघन्य अपराध गरिएका फुडलिङ घट्ना सहितका घटनाहरुमा पक्राउ परेका र वारेन्ट जारी भएकोहरुको नामावली जारी गर्दै घाईते भएका घाईतेहरुको बिषयमा पत्रकार सम्मेलन गरिने बिज्ञप्तीमा उल्लेख छ ।
जस अन्तरगत चैत ४ गते सांकेतिक रुपमा एकदिने एशियन हाईवे केन्द्रित प्रदेश नं १ बन्द, चैत ६ गते काठामार्डौमा सिंहदरवार घेराउ र सभा, चैत ८ गते मुक्कुमलुङ आन्दोलनको क्रममा भएका घटनाहरुको फोटो प्रदर्शनी, चैत ९ देखि ११ गते मधेश प्रदेशका लाहान, जनकपुर र लालबन्दीमा जनप्रदर्शन तथा आमसभा, चैत १० गते कवि तथा साहित्यकारहरुबाट कार्यक्रम, चैत २४ गते प्रदेश नं १ को १४ वटै जिल्लामा जनप्रदर्शन र सभा, चैत २५ गतेदेखि प्रदेश १ अनिश्चितकालिन यातायात बन्द अर्थात परिस्थिति अनुसार अनिश्चितकालीन बन्द अघि नै पनि गर्न सकिने मुक्कुमलुङ तान्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख छ ।