बिर्तामोड । 

झापाको धुलाबारी क्याम्पस अगाडी राज्य पक्षको गोली लागि शहिद भएका मनिल तामाङको शालिक निर्माण हुने भएको छ ।  मेचिनगर–१५ स्थित धुलाबारी क्याम्पस हाताभित्र आज (सोमवार) शहिद तामाङको शालिक निर्माणका लागि शिलान्यास भएको हो । 

पूर्ण समानुपातिक शिक्षा, ब्यबहारिक शिक्षा लागू गर्नको निम्ति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको विद्यार्थी संगठन संघीय विद्यार्थी युनियनलगायत लिम्बुवान संगठनहरुले घोषण गरेको आन्दोलनको क्रममा २०६५ चैत्र ६ गते तामाङको गोली लागि मृत्यु भएको थियो । 

 झापा धुलाबारी क्याम्पस अगाडी राज्य पक्षको गोली लागि शहिद  भएका मनिल तामाङको शालिक निर्माणका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष ज्ञानु ईम्बुङ, शहिद बुवा भरत तामाङले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । 

कार्यक्रममा पार्टी महासचिब धनराज सुब्बा, उप–महासचिब काजीमान ओक्राबो, दिलु लिङ्देन लावती, सचिब श्याम मादेन, टंक माङ्लाक, अर्थसचिब लासाङ निङ्लेखु, झापा महिला मञ्च अध्यक्ष अमृता थाम्सुहाङ, जिल्ला सदस्य बिजय फोम्बो, क्याम्पस प्रतिनिधि पुस्पराजलगायतको उपस्थिति रहेको थियो । 

संघीय लिम्बुवान प्रन्तिय मञ्च झापा जिल्ला अध्यक्ष तथा निमार्ण समिति अध्यक्ष राजा आङ्थुपोको सभापतित्वमा सम्पन कार्यक्रमको सञ्चालन शहिद मनिल तामाङ शालिक निर्माण समितिका सचिब पुर्ण सुहाङले गरेका थिए ।