मेचीनगर ।
नेकपा (माओवादी केन्द्र) मेचीनगरले पार्टी रुपान्तरण अभियानलाई शसक्त बनाएको छ । पार्टीले नगरमा प्रभाव पार्ने गरी अभियानलाई शसक्त बनाएको हो । गत २०८१ पुष महिनादेदेखि मेचीनगर–६ बाट सुरु गरेको अभियानले नगरभित्र १५ वटै वडामा अधिवेशन–सम्मेलनबाट पार्टी सदस्यलाई जागरुक बनाउने गरी लागि परेको छ ।
पार्टीले पुराना सदस्यलाई उनीहरुको कार्यशैली, प्रभाव र इमान्दारिताका आधारमा वडास्तरको पदमा हेरफेर गर्दै नगर पठाउने तथा नयाँ सदस्यलाई स्वागत गर्दै विभिन्न उपसमितिसमेत निर्माण गरेको छ । वडा अधिवेशनपछि पार्टीले वडाभित्र ‘टोलसेल’ कमिटीसमेत निर्माण गर्ने तयारी गरेको नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले जानकारी दिए ।
उनका अनुसार मेचीनगरभित्र १ हजार ९३ जना पार्टी कृयाशिल सदस्य रहेका छन् । जागरूक अधिवेशनपछि २ हजारबढी पार्टी कृयाशिल सदस्य बनाउने योजना रहेको छ । १५ वटै वडा अधिवेशनबाट पार्टीमा तदारुकता देखाउने, पार्टीमा जीवन योगदान गर्ने सदस्यलाई सम्मान तथा अभिनन्दन गर्ने, प्रत्येक टोलका समस्या बुझेर सामाधानको प्रयास गर्ने योजना रहेको अध्यक्ष चिमरियाले जानकारी दिए ।
हालसम्म मेचीनगरका ५ वटा वडामा अधिवेशन सम्पन्न गरेको र १० वटा वडामा क्रमिक रुपमा अधिवेशनको मिति, स्थान तय गर्ने र नयाँ नेतृत्वका लागि वडास्तरमै छलफल अघि बढाएको छ । मेचीनगर–६ मा पबित्रा तिवारीको अध्यक्षतामा २५ सदस्यीय वडा समिति चयन गरिएको छ । मेचीनगर–१० मा आईतबार सम्पन्न वडा अधिवेशनले बाबुलाल राजवंशीको संयोजकत्वमा ३१ सदस्यीय वडा समिति निर्माण भएको छ ।
त्यसैले उपाध्याक्षमा खड्गप्रसाद सिटौला, ज्ञानु गोले, मित्र धिताल , सचिवमा शन्तोष कट्टेल, सह(सचिवमा हिरा आचार्य, शोमनाथ राजवंशी र कोषाध्यक्षमा जयन्ति मिजार (बिमला) लगायत ३१ सदस्यीय वड़ा कमिटी गठन भयको हो । कार्यवाहक अध्यक्ष खड्गप्रसाद सिटौलाको अध्यक्षता एवं पार्टीका प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर १ का संयोजक प्रकाश भन्डारीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा रामहरी नेपाल, टिकाराम पौडयाल, राजन चिमरीया, गोपाल बराईली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी कार्यक्रममा यादव पौडयाल, राजन चिमरीया, कमरेड कृष्ण कौशल सिटौला, मिलन प्रसाई, ज्ञानेन्द्र सम्बाहाम्फे, शाङ्गे शेर्पा लगायतले आ–आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नगर पार्टीको तर्फबाट उपलब्ध गरेको एक सय थान झुल विपन्न परिवारलाई वितरण गरिएको थियो ।
त्यसैगरी मेचीनगर–९ मा सागर बुडाथोकीको अध्यक्षतामा २१ सदस्यीय वडासमिति चयन गरिएको छ । उपाध्यक्षमा सनबहादुर तामाङ, तिलबहादुर बुढाथोकी र कुमारी मगर, सचिवमा कुसुम ठटाल (श्रेष्ठ), सह–सचिव सुरेश कार्की र देबिमाया बस्नेत र प्रकाश भट्टराईलाई कोषाध्यक्षसहित २१ सदस्यीय समिति गठन गरेको हो।
यस्तै मेचीनगर–११ मा अभिनाश धितालको अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति चयन गरिएको छ । त्यसैगरी उपाध्यक्षमा कमल अधिकारी र धरणिधर उप्रेती, सचिव चन्द्र बर्देवा, सह–सचिबमा देवलाल राजबंशी कोषाध्यक्षमा मैयाँ लम्सालसहित २९ सदस्यीय कमिटी चयन भएको छ । अधिवेशनले वाइसीएल कमिटीमा पुष्कर खत्रीको अध्यक्षतामा ११ सदस्यीय र अनेम संघ क्रान्तिकारी अध्यक्षमा बिना थेवे कार्की सर्बसम्मत चयन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय समिति सचिब, बिदेश बिभाग प्रमुख राम कार्की (पार्थ) जिल्ला संयोजक राजु आचार्य (अग्नि) विशेष अथिति प्रकाश भन्डारीको आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम बेदनिधी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।