बुट्टाबारी । 

सिद्वार्थ शिक्षा सदन बिर्तामोडले झापाको अर्जुनधारा–११ को एक बिद्यालय एवम् बालगृहलाई स्टेशनरी र खाद्यान्न सहयोग गरेको छ। सिद्वार्थ शिक्षा सदनका कक्षाका–६ का विद्यार्थीहरुलाइ शैक्षिक, एवम् संघ सस्था अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत अर्जुनधारा–११ मा रहेको बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया, गङ्गा आमा बालगृह, जङ्गल गार्डेन ब्वाइज होम तथा जुनकीरी आधारभूत बिद्यालयलाई सहयोग हस्तान्तरण गरिएको हो । 

 जुनकीरी आधारभूत बिद्यालय अर्जुनधारा ११ लाई अवलोकन तथा  शिक्षा सदन बिर्तामोडका विद्यार्थीहरुले सकलन गरि बालगृहका बालबालिकालाई साथी बनाउँदै आफ्ना अभिभावकले दिएको खाजा खर्चबाट कटौती गरी बचाएको रकम र्सकलन गरि  स्टेशनरी, खाद्यान्नलगायतका सामाग्री हस्तान्तरण गरेका थिए ।  बालगृह एवम् बिद्यालयमा विभिन्न कारागारमा बन्दी जीवन बेतित गरि रहेका अभिभावकसँग आस्रित बालबालिकाहरु आवास सहित शिक्षा स्वास्थ्य प्राप्त गर्दै आएका छन् ।

सस्थापक हजारौंकि आमा एवम् प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उनीको जीवनी एवम् बन्दी सहायता नेपाल साथै बालगृह बारे पूर्वान्चल शाखा सचिब एवम् प्रधानाध्यापक रन्जित परियारले प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा उपसभामुख मगर एउटा रोलमोडल  हुन् । उनले हजारौं बालबालिकाको आमाको भुमिका मात्र नभएर उनिहरुको स्वास्थ्य, शिक्षा, सीप र रोजगार प्रदान गर्दै भविश्य निर्माणसँगै  कारागार जीवन बिताइरहेका अभिभावकलाई सीप र सहयोग प्रदान  गदैए आएकी छिन् । उनले अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेकी छिन् । सबैका लागि प्रेरणाको खानी भएको र उनी जस्तै बन्न सक्नु पर्छ भन्दै सिद्वार्थ शिक्षा सदन बिर्तामोडका प्रिन्सिपल धर्मराज माझीले विद्यार्थी माझ  आफ्नो भनाई राखेका थिए । 

यसै क्रममा सिद्वार्थ शिक्षा सदनका शिक्षकद्धय नवीन एवम् सबिना पोख्रेल भण्डारीले आफ्नो छोरा कुलदिप भण्डारी तेस्रो बर्ष प्रवेश गरेको शुभ जन्मोत्सवको शुभ अवसरमा बालगृहलाई नगद पाँच हजार पाँच रुपैयाँ हस्तान्तरण गरेका थिए। सस्थाद्वारा संचालित बालगृह, बिद्यालय, इ लाइब्रेरी, सब्जी खेती, माछा पालनलगायतको विद्यार्थीले अवलोकन गरेका थिए ।  कार्यक्रममा जुनकीरी बालक्लबकि अध्यक्ष तरनुम खातुनले स्वागत गरेकी थिइन भने सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।