बिर्तामोड ।
राजनितिक उदेश्य प्राप्तिका निम्ति भुईमान्छेले खेलेको भुमिकालाई केन्द्रविन्दु बनाएर लेखिएको किताब भुईमान्छे पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापाका अग्रज साहित्यकार, लेखक र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
साहित्य पत्रकार मञ्चका अध्यक्ष हरि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लिङकन मन्टेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले स्वागत गरेका थिए । साहित्य पत्रकार मञ्चको आयोजना एवं विरता रिर्डसको सहयोगमा सम्पन्न कार्यक्रममा पुस्तकको परिचर्चा विरता रिर्डसका संयोजक एवं लेखक तीर्थ सिग्देलले गरेका थिए ।
उनले भुइमान्छेको योगदानले पार्टी निर्माणमा खेलेको भुमिका, बामपन्थी आन्दोलनको ज्वाराभाटको रुपमा रहेको सुखानी हत्याकाण्ड र यस भित्रका विषयगत घटनाक्रमलाई रोचकरुपले प्रस्तुत गर्न लेखक सफल भएको बताए।
कार्यक्रममा उपस्थित साहित्यकार लेखकहरुले राखेको जिज्ञासाको जवाफ दिदै भुईमान्छेको योगदानलाई पार्टी नेतृत्वले स्मरण गरोस, बामपन्थी पार्टीको स्थापनामा योगदान पु¥याउने महान व्यक्तिहरुको बारेमा जनतालाई जानकारी होस भन्ने उदेश्यले पुस्तक लेखिएको बताएका थिए ।
उनीहरुले नेकपा एमालेका ५ जना नेतालाई इलाम जेल सार्ने बाहनामा सुखानी जंगलमा मारिएको स्मरणमा मनाइदै आएको शहिद दिवसको अवसर पारी सुखानीमै पुस्तकको विमोचन गरिएको बताएका थिए । कार्यक्रममा साहित्यकार तथा गजलकार केशव आर्चाय, सहित्यकार दुर्गाप्रसाद सिग्देललगायतको आतिथ्य रहेको थियो ।