दुर्गापुर ।
झापाको कनकाई–७ दुर्गापुरमा रहेको फक्तालुङ्ग एजुकेशन फाउण्डेशनले ‘फक्तालुङ्ग एकाडेमी खेलकूद प्रशिक्षण’ सञ्चालन गर्ने भएको छ । खेलकूदलाई प्राथमिकता दिने उदेश्यले २०८२ मा ‘फक्तालुङ्ग एकाडेमी खेलकूद प्रशिक्षण’ सञ्चालन गर्न लागिएको फाउण्डेशनका संस्थापक तथा प्रिन्सिपल ओमबिक्रम नेम्वाङले जानकारी दिएका हुन् ।
‘फक्तालुङ्ग एकाडेमी खेलकूद प्रशिक्षण’ अन्तरगत फुटवल, भलिवल, टेवलटेनिस, ब्याडमिटनलगायतका खेलकूद कार्यक्रम सञ्चालन हुने प्रिन्सिपल नेम्वाङले बताएका छन् । उनका अनुसार शैक्षिक सत्र २०८२ बाट काठमाडौं युनिर्भसिटी (केयू) सँग समन्वय गरेर स्टिम (STEAM) मा आधारित कक्षाहरु पनि सञ्चालन गरिनेछ ।
२०६६ सालमा स्थापना भएको बिद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगत नृत्य, गायन, चित्रकला, नाटक, तेक्वादो, फुटवल, भलिवल, टेवलटेनिस, ब्याडमिटन जस्ता खेलकूद योग्य प्रशिक्षकद्धारा प्रशिक्षण दिदै आएको छ ।
कक्षा नर्सरीदेखि १० सम्म अध्यापन हुँदै आएको बिद्यालयले आगामी बर्षहरुबाट कक्षा ११ र १२ पनि अध्यापन गराउने प्रिन्सिपल नेम्वाङले बताए । हाल नर्सरीदेखि कक्षा १० सम्म ४५० वढी बिद्यार्थी अध्यानरत रहेको र शिक्षक कर्मचारी ३५ जना रहेको उनले बताए ।
बिद्यालयले ब्रिटिश काउन्सिलद्धारा प्रदान गरिने आईएसए अवार्ड सन् २०२०–२०२३ समेत प्राप्त गरिसकेको छ । यसैगरी गत फागुन ७ गते बिद्यालयले फक्तालुङ शैक्षिक महोत्सव आयोजना गरेको र त्यसलाई निरन्तरता दिने प्रिन्सिपल नेम्वाङले बताएका छन् ।