बिर्तामोड ।
ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीले झापाको बिर्तामोडमा अभिभावकहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । ओली एण्ड एशोसिएट्सले आज (सोमवार) बिर्तामोडमा अध्ययनका लागि विदेश गएका बिद्यार्थीका अभिभावकसँग प्रत्यक्ष भेटघाट गर्दै अन्तरक्रिया गरेको हो ।
एशोसिएट्सले अध्ययनका लागि अष्ट्रेलिया, युके, क्यनाडालगायतका देशहरुमा जाने बिद्यार्थीका अभिभावकहरुलाई त्यहाँको अवस्था र सहनसहनका बिषयमा जानकारी गराउँदै त्यहाँ रहेका बिद्यार्थीहरुको अवस्था बारे जानकारी गराएको थियो ।
ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सी बिर्तामोड शाखाका प्रमुख अशोक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीका संस्थापक भवानीप्रसाद ओलीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिर्तामोड शाखा प्रमुख अधिकारीले गरेको कार्यक्रममा प्रमुख अतिथि भवानीले गएका बिद्यार्थीहरुको अवस्था, त्यहाँको वातावरण, रहनसहनलगायतका बिषयमा जानकारी गराएका थिए । आफु नेपाल आएको समयमा प्रत्यक्ष अभिभावक र कर्मचारीसँग भेटघाट र छलफल गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरेको संस्थापक भवानीले बताए ।
सोही कार्यक्रमकाबिच अभिभावक शान्तिराम पौडेल, गोपाल खड्कालगायतले आ–आफ्ना धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा ओली एण्ड एशोसिएट्स एजुकेशन कन्सल्टेन्सीका मार्केटिङ अफिसर ओजेश ओलीसहित बिर्तामोड शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कन्सल्टेन्सी बिर्तामोड शाखाकी फ्रन्ट डेक्स अफिसर विभूति चुडालले गरेकी थिइन् । कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति रहेको थियो ।


















