हल्दीबारी ।
झापा हल्दीबारी–४ को महेन्द्र माध्यमिक विद्यालय जलथलको पूर्व विद्यार्थी समाज प्रथम साधारणसभा सम्पन्न भएको छ । शनिबार हल्दीबारी–२ स्थित सहिद स्मृति लोकतान्त्रिक पार्क भेलागुडीमा साधारणसभा सम्पन्न भएको हो ।
समाजले महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने २०४३ देखिका एसएलसि व्याज एसएलसि व्याज २०६८ सम्मका पूर्व विद्यार्थीहरूको उपस्थितिमा वनभोज तथा प्रथम साधारणसभा गरेको हो ।
संस्थाको आय तथा व्याय विवरण संस्थाका सह–सचिब एवम कार्यवहाक कोषाध्यक्ष भरत ढकालले प्रस्तुत गरेको गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिबेदन अनुसार प्राप्तीतर्फ १ लाख ६६ हजार ३० रूपैयाँ र भुक्तानी तर्फ १ लाख १३ हजार ७ सय सत्तरी रूपैयाँ रहेको र कोषमा हाल ५२ हजार २ सय ६० रूपैयाँ जनाइएको थियो । साथै उक्त भेलाले अध्यक्षमा पुनः पुष्पराज निरौलालाई सर्व सम्मतिबाट चयन गरेको छ । उपाध्यक्षमा हिमादेबि मिश्र र कुशबराज मैनाली, सचिब प्रलाद सिलवाल, कोषाध्यक्ष चेतन बाह्रकोटी, सह–सचिब भरत ढकाललाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यमा अजितकुमार पौडेल, पर्शुराम निरौला, अर्जुन भट्टराई, कुबेर भेटवाल, दुर्गादेबि ओली, तनुजा उप्रेती, पुष्पलाल ढकाल, होम कार्की र शर्मिला लामिछाने चयन गरेको छ । उक्त कार्यक्रमको सहजिकरण समाजका सचिब नितेश्वर शाहले गरेका थिए ।