बिर्तामोड ।
प्रदेश १ पुनः नामाङकन संघर्ष समिति झापाले झापाको बिर्तामोडमा आजको दिनलाई कालो दिन भन्दै बिरोध प्रदर्शन गरेको छ । संघर्ष समितिले आज (शनिवार) ‘कोशी प्रदेश नामाङ्करण’ गरिएको आजको दिनलाई प्रदेशको नाम ‘कोशी’ हुन नहुने भन्दै कालो दिनको रुपमा मनाएको हो ।
संघर्ष समितिका झापा जिल्ला संयोजक पाण्डवलाल चौधरीको नेतृत्वमासदस्य सचिव÷कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक लिम्बू, सह–संयोजक राजा आङ्थुपो, मुकुलुङ संघर्ष समिति संयोजक हिमालय प्रकाश कन्दङ्वालगायत करिव ९०–१०० जनाको संख्यामा शिरमा कालो पट्टि बाँधेर नेपालको झण्डा, कालो झण्डा र विभिन्न पहिचान पक्षधरको झण्डा बोकि विभिन्न नाराहरुसहित ¥याली निकालिएको थियो ।
उनीहरुले पहिचानको आधारमा प्रदेशको नाम पुनः नामङ्कन गर, कोशी नाम खारेज गर, भ्रष्ट सरकार मुर्दाबाद, सम्पूर्ण पहिचान बादी एक हौं, कालोदिन सफल पारौँ, कोशी नाम मान्दैनौलगायतका नाराहरुलगाएर बिर्तामोडमा र्याली गरेका थिए । बिर्तामोड–५ सिटी सेन्टरबाट शुरु भएको उक्त ¥याली मुक्तिचोक पुगेर कोण सभामा परिणत भएको थियो ।