बिर्तामोड। 

नेपाली कांग्रेस झापाले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस झापाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति तथा गाउँ÷नगर सभापतिहरुको संयुक्त बैठकले एकमहिने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

अभियानका क्रममा क्रियाशिल सदस्यता नवीकरण, जन आन्दोलनका घाइते, शहीद परिवारको अवस्था बुझ्दै प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुसँग अन्तरक्रिया र छलफल गरी संगठनको यथार्थ अवस्थाबारे अध्ययन गरिने बताइएको छ ।

फागुन २२ गतेदेखि चैत २२ गतेसम्म सञ्चालन हुने अभियानलाई सफल बनाउन पार्टीसभापतिसहित पदाधिकारीहरु क्षेत्रस्तरमा प्रतिनिधिका रुपमा खटिने निर्णय बैठकले गरेको छ ।

निर्णय अनुसार झापा क्षेत्र नं–१ मा सचिव कृष्ण हुमागाई, क्षेत्र नम्बर–२ मा उपसभापति शेरबहादुर भटराई, क्षेत्र नं–३ मा सभापति देउकुमार थेवे, क्षेत्र नम्बर ४ मा सचिव नवीन विमली र क्षेत्र नं–५ मा उपसभापति  केशवराज पाण्डे प्रतिनिधिका रुपमा खटिने भएका छन् । 

संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउन क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ÷नगर एवं वडा समितिको संयुक्त बैठक एवं अन्तरक्रिया कार्यक्रम समेत गरिने बताइएको छ ।

यसैबीच कोशी प्रदेश संगठन विभागले आयोजना गर्न लागेको ‘संगठनको वर्तमान अवस्था र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रम पनि अभियानमा खटिएका प्रतिनिधिहरुले नै सम्बन्धित क्षेत्रमा गर्ने÷गराउन समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी बैठकले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा रहेका क्याम्पसहरुमा स्ववियु निर्वाचन सफल गराउन पार्टीका क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा पार्टी र नेविसंघका सम्बन्धित क्षेत्रका पदाधिकारी, केन्द्रीय सदस्यहरु, प्रदेशसभा क्षेत्रीय सभापति, गाउँ÷नगर सभापति, नेविसंघका पालिका र सम्बन्धित इकाई सभापति एवं जिल्लाले खटाएका प्रतिनिधिहरु सम्मिलित निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।