लक्ष्मीपुर ।
झापाको कनकाई–८ लक्ष्मीपुरमा रहेको पाथीभरा एकाडेमीले १७ औं बार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । आज (आइतवार) बिद्यालय परिसरमा उत्केष्ट शिक्षक, अभिभावक, कर्मचारी र बिद्यार्थीलाई सम्मानसहित सांस्कृतिक कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा उत्कृष्ट शिक्षक लुना श्रेष्ठ सुवेदी, गोमादेवी खड्का, इन्द्रमाया खरेल, एसईईमा उत्कृष्ट जीपीए ल्याउने छात्र राज काफ्लेलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा १५ बर्ष पूरा अवधी सेवा गर्ने शिक्षक ईन्द्रमाया खरेल, कर्मचारीहरू खड्गप्रसाद गौतम, कृष्ण भट्टराई र १० वर्ष पूरा अवधी सेवा गर्ने शिक्षकहरू मिनादेवी रिजाल, दीपा लम्साल र कर्मचारी यशोदा राजवंशीसहित शैक्षिक सत्र २०८० का एसईईका बिद्यार्थीलाई अभिनन्दन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पोखरेलको अध्यक्षता तथा कनकाई नगर शिक्षा प्रमुख राजकुमार ओडारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवालको बिशिष्ठ आतिथ्य रहेको थियो ।
स्वागत भाइस प्रिन्सिपल सुशील सुवेदीले गरेको कार्यक्रममा प्रमुख अतिथी ओडारी, कनकाई –८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, प्याब्सन झापाका सचिव बिनोद सुब्बा, कनकाई प्याब्सन अध्यक्ष बिनोद उप्रेती, पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशब भट्टराई, अभिभावकका तर्फबाट तोया ओली, विद्यार्थी राज काफ्लेलगायतले शुभकामनाराखेका थिए ।
विद्यालयका सिइओ श्रीकान्त थापाले बिद्यालयको गतिबिधिका बारेमा जानकारी गराएका थिए । उनले नयाँ व्यवस्थापनसँगै सञ्चालनमा आएको विद्यालयलाई उत्कृष्ट पठनपाठनसँगै अतिरिक्त क्रियाकलाप साथै ब्यवहारिक शिक्षा प्रदान गरिदै आएको बताए । उनले बिद्यालयलाई सबैको साथ र सहयोगले कनकाई नगर मै नमूना विद्यालय बनाउन सफल भएको बताए । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य योगा, मार्सल आर्टलगायत प्रस्तुत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक लुना श्रेष्ठ सुवेदीले गरेकी थिइन् ।
कक्षा नर्सरीदेखि १० सम्म पठनपाठन हुने पाथिभरामा ६ सय वढी बिद्यार्थी अध्ययनरत रहेको छन् भने शिक्षक कर्मचारी गरेर ४२ जना रहेको सिइओ श्रीकान्त थापाले जानकारी दिए ।