बुट्टाबारी ।
महेश्वरी महिला मञ्च मेचीले विद्यार्थीहरुलाइ जुत्ता बितरण गरेको छ । मञ्चकी अध्यक्ष रिता चित्तलाङ्गिया एवम् महेश चित्तलाङ्गियाको जन्मोत्सवको अवसरमा जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् बन्दी सहायता नेपाल अर्जुनधाराद्वारा संचालित बालगृहसहित सय जना विद्यार्थीलाई जुत्ता तथा मोजा बितरण गरिएको महेश चित्तलाङ्गियाले बताए ।
फजल खर्च गरि जन्मोत्सव मनाउनु राम्रो होइन बरु असाय आर्थिक बिपन्नता भएको बालबालिकाको आवश्यकतालाई पूरा गर्न पाए त्यही खुसी लाग्ने भएकोले दम्पति सदैव बिद्यालय, बृद्ध आश्रम, बालगृह आदिमा प्रत्येक बर्ष यसरी नै मनाउने गरेको बताए । कार्यक्रम सयौं विद्यार्थीहरु बिच केक काटी केकसहित खिर, सब्जी, जेरि, पुरी आदि खुवाएको थियो ।
महेश्वरी महिला मञ्च मेचीले करिब ५ बर्ष यता बिद्यालयलाई आवश्यक पर्ने हरेक भौतिक एवम् कपडा, जुत्ता, खाद्यान्न स्टेसनरी आदि सहयोग गर्दै आएकोमा प्रधानाध्यापक रन्जित परियारले बिद्यालय एवम् सस्थागत तर्फबाट धन्यवादसहित जन्मोत्सव मनाउने चित्तलाङ्गिया परिवारलाई समृद्धि, दीर्घ जीवन र सहयोगी हात सदैव फैलियोस भदै शुभकामना व्यक्त गरेका थिए । यसै कार्यक्रम बिच सामाजिक ब्याक्तित्व ज्योति के शिले बिद्यालयलाई बादल, खौजडी र फुटबल हस्तान्तरण गरेका थिए ।कार्यक्रमको सहजीकरण मञ्चकी सचिव सुधा तोसनिवालले गरेकी थिइन् ।