अर्जुनधारा । 

नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिले स्थानीय सरकार अर्जुनधारा नगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अर्जुनधारा नगर उपप्रमुख खडगमाया पराजुली तथा शिक्षा शाखा अधिकृत हरिबहादुर कुँवर योगिलाइ ध्यानाकर्षण पत्र जानकारीसहित  बुझाएको हो । 

तत्कालीन राजा महेन्द्र बीरबिक्रम शाहको पालामा बनेको शिक्षा ऎन संसोधन हुँदै आएको र उक्त ऎनले बिद्यालय शिक्षाको प्रवन्ध र शिक्षक कर्मचारीको पेशागत बिकासका कुराहरु नमिटिएकोले शिक्षक कर्मचारीले पटक–पटक आन्दोलन गर्दै आएको ध्यानकषर्ण पत्र नगरमा ध्यानकषर्ण गराएको छ । 

अब आउन लागेको शिक्षा ऎन जारी हुन लागे पनि फेरि पनि नरोकियोस भन्दै बिगतमा भएको सबै सहमति सम्बोधन हुने गरि शिघ्रताशिघ्र बिद्यालय शिक्षा ऎन जारी गर्न सरकारलाई देशै भरिबाट दवाब दिन फागुन ६ गते महासंघले स्थानीय सरकार मार्फत सबै नगर र गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको नगर अध्यक्ष चन्द्र खत्रीले बताए। 

त्यसै गरि क्रमस यहि फागुन ९ गते शिक्षा बिकास तथा समन्वय इकाई चन्द्रगडी झापामा सबै नगर र गाउँपाकिकाबाट ध्यानाकर्षण पत्र बुझाउने शिक्षा प्रबिधि बिकास समिति कोशी प्रदेश प्रतिनिधि रुपक दाहालले जानकारी दिए। 

यसै क्रममा  शिक्षा ऎन जारी हुनबाट अवरोध भए प्रदेश र केन्द्रमा लाखौं शिक्षकको सहभागी गराइ  दवाव एव आन्दोलन गरिने नेपाल राष्ट्रिय शिक्षक सगठन झापाका उपाध्यक्ष पुन्य सुबेदी, एकीकृत अखिल नेपाल शिक्षक सगठन कोशी प्रदेश समिति महासचीव  कपिल तिमसिना, जनप्रतिनिधि वडा न ९ अध्यक्ष भीष्म मिश्र, नेपाल शिक्षक संघ नगर अध्यक्ष सुजाता शिवाकोटी, नेपाल राष्ट्रिय शिक्षक सगठन नगर अध्यक्ष केदार प्रसाद पोख्रेल, नेपाल कर्मचारी परिषद नगर उपाध्यक्ष अमर राउत लगायतले आ–आफ्नो भनाई राखेका थिए। कार्यक्रमको सहजीकरण नेपाल शिक्षक महासंघ नगर सचीव टंक न्यौपानेले गरेका थिए ।