• सुदिप गिरी 

हल्दीबारी । 

झापाको हल्दिबारी गाउँपालिका–२ मा रहेको सरस्वती आधारभूत विद्यालयले  ६५ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । आज (मंगलबार) भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिनादेवी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष  रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा विशिष्ट अतिथिहरू  गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत  मानबहादुर वन (महेन्द्र), जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देबेन्द्रबहादुर मल्ल, योजना शाखा प्रमुख राजन न्यौपाने, वडा नं २ का अध्यक्ष शुकलाल राजवंशी, शिक्षा शाखा अधिकृत जनक कुमारी राई रहेका थिए ।

यसैगरी अतिथिहरु नेपाली कांग्रेस पार्टी प्रतिनिधि पर्शुराम बजगाई, राष्ट्रिय स्वतन्त्र पार्टीका बिष्णु राजवंशी, वडाका जनप्रतिनिधिहरू रचना कुलुङ्ग राई, बिष्णु राई, गणेश मगर, अम्बिका तोलाङ्गी, पूर्व प्रअ महासंघ अध्यक्ष मदन पोखरेल, हल्दीबारी माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिन, नव सृजना प्राविका प्रधानाध्यापक भीम दाहाल, जनता आविका प्रधानाध्यापक हेमलाल राजवंशी, नेपाल रेडक्रस सोसाईटी उपशाखा हल्दीबारी सभापति कर्णखर प्रसाई, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष खकेन राजवंशी, शिक्षासेवी, सहकारी कर्मी, प्रहरी, सञ्चारकर्मी र अभिभावक लगायतको उपस्थिति रहेको थियो। 

वार्षिक उत्सवको अवसर पारेर विद्यालयले  उत्कृष्ट शिक्षक जयलाल न्यौपाने, जेष्ठ अभिभावक चन्द्रमान राना मगर, इश्वरी दाहाल, बबिता सुवेदी, निर्मला घिमिरे, सरगम पौडेल, कृष्ण मुरारींबबिता घिमिरे, देविका अधिकारी र मेनुका शर्मालाई सम्मान गरेको थियो। कार्यक्रममा विद्यालयले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई मेडल विवराण गरेको थियो। त्यस्तै सास्कृतिक कार्यक्रममा शिक्षिकाहरूको नृत्यले कार्यक्रम  रोमान्चक भएको थियो।

बार्षिक उत्सवको अवसर पारेर विद्यालयले कार्यक्रममा उत्कृष्ट शिक्षक जयलाल न्यौपाने, जेष्ठ अभिभावक चन्द्रमान राना मगर, पुर्व व्यवस्थापन समिति अध्यक्ष इश्वरी दाहाल, बबिता सुवेदी, निर्मला घिमिरे, सरगम पौडेल, कृष्ण मुरारींबबिता घिमिरे, देविका अधिकारी र महिला अभिभावक मेनुका शर्मालाई सम्मान गगरेको थियो।  कार्यक्रममा प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्‌देन, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देबेन्द्र बहादुर मल्ल, वडा नं २ का अध्यक्ष शुकलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

विद्यालयको बार्षिक प्रतिवेदन सहायक प्रधानाध्यापक सुर्य घिमिरेले प्रस्तुत गरेका थिए भने सञ्चालन विद्यालयका प्रधानाध्यापक गोविन्द बोहोरा र शिक्षिका पार्वता गौतमले गरेका थिए।