बिर्तामोड । 

झापाको बिर्तामोड–१ मा सञ्चालित ग्रीन फिल्ड वल्र्ड स्कुलले बिबिध कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । स्कुलले आज (मंगलबार) बिभिन्न खेलकूद कार्यक्रम साथै संस्कृतिक कार्यक्रम गरेर बार्षिक उत्सव मनाएको हो । स्कुलकी निर्देशक मनिषा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत स्कुलका ओ–अडिनेटर बर्नाड लामा र बिद्यार्थीको तर्फबाट सोफिया प्रसाईले गरेको कार्यक्रमको सञ्चालन शिक्षिका सुशिला घिमिरेले गरेकी थिइन् । कार्यक्रम बिद्यार्थीले योगा, नाच, गायन, दौडलगायतका खेलकूदका कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम अघि बिद्यार्थीहरुले मार्चपाससमेत गरेका थिए । यस्तै अबिभावकहरुबिचसमेत खेलकूद कार्यक्रम गरिएको थियो । 

green fild 1

कार्यक्रममा बिद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेत, बाल्मिकी स्कुलका प्रिन्सिपल पवन गिरी, न्यूटन्स एजुकेशन फाउन्डेशनका प्रिन्सिपल देबेन्द्र हुमागाँई, हिसानका कार्यबाहक अध्यक्ष उत्तम खनाल, बिर्तामोड प्याब्सन अध्यक्ष सेरेन्द्र खरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुव्रत न्यौपानेलगायतको आतिथ्य रहेको थियो । 

बिद्यालयको बार्षिकोत्सवमा साइन्स, कल्चर र खेलकूद कार्यक्रम आयाजना गरिने गरेको र यस बर्ष खेलकूद कार्यक्रम गरेर बार्षिक उत्सव मनाइएको बिद्यालयका आइटी अफिसर सुशिल कार्की डोलीले जानकारी दिए । 

२०७४ सालका स्थापना भएको ग्रीन फिल्ड स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्मको अनुमति प्राप्त भएको आइटी अफिसर सुशिल बताए । उनका अनुसार हाल बिद्यालयका कक्षा नर्सरीदेखि ११ सम्म ध्यापन हुने र आगामी बर्षदेअि कक्षा १२ पनि सञ्चालन हुनेछ । 

बिद्यालयमा हाल ५१९ जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक तथा कर्मचारी गरेर ८० जना रहेको बिद्यालयका भाइस प्रिन्सिपल रोजिना कार्कीले जानकारी दिइन् ।