लक्ष्मीपुर ।
झापाको अर्जुनधारा–५ मा रहेको ब्राइटर इग्लिस स्कुलले विविध कार्यक्रम गरी २४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । स्कुलले आज (सोमवार) बिद्यालय परिसरमा सांस्कृतिक कार्यक्रमसहित विविध कार्यक्रम गरेर बार्षिक उत्सव मनाएको हो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बल खवासको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाई झापाका प्रमुख देबेन्द्रबहादुर मल्लको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागतसहित बिद्यालयको गतिबिधिका बारेमा प्रिन्सिपल भास्कर भट्टराईले प्रकाश पारेको कार्यक्रमको सञ्चालन स्कुलका शिक्षक चन्द्र सुवेदी, शिक्षिका प्रिति लामिछाने र इशा थापालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मल्ल, नामसालिङ माबिका पूर्व प्रधानाध्यापक तथा अग्रेजी भाषा प्रशिक्षक दुर्गा शर्मा भट्टराई, बिद्यालयका संस्थापक तथा बिर्तामोड नगरका पूर्व शिक्षा शाखा प्रमुख युवराज पाण्डेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमका बिच कोशी प्रदेशकै सवै भन्दा ठूलो गायन रियालिटी शो ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को टप ५ अर्थात फाइनल राउण्डमा पुगेका दिनेश भारतीलेसमेत आफ्नो गायन प्रतिभा प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको गीतमा कार्यक्रमका अतिथि, अभिभावक, शिक्षक तथा शिक्षिका साथै उपस्थित सवैले नाचेका थिए ।
यस्तै बिद्यार्थीहरुले गायन, नृत्य, नाटक, कविता वाचन, मार्सल आर्ट शो, फेशन शोलगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्कुलका मेनेजिङ डाइरेक्टर लेखनाथ भट्टराई, शनिश्चरे माविका पूर्व क्याम्पस प्रमुख मोहन ओली, शनिश्चरे माविका पूर्व प्रधानाध्यापक तथा अग्रेजी भाषाका प्रशिक्षक सिएम खनाललगायतको आतिथ्य रहेको थियो ।
कक्षा नर्सरीदेखि १२ सम्म अध्यापन हुने उक्त स्कुलमा ४ सय ४४ जना बिद्यार्थी अध्ययनरत रहेका र शिक्षिक तथा शिक्षिका साथै कमैचारी गरेर ४१ जना रहेका प्रिन्सिपल भास्कर भट्टराईले जानकारी दिए ।