बिर्तामोड । 

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथिभरा क्षेत्र (मुकुम्लुङ) मा बल प्रयोग गरिए प्रतिरोध हुने बताएका छन् । दमकमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो धारणा राखेका हुन् । 

ुपाथिभरा क्षेत्र (मुकुम्लुङ) मा जे समस्या चलेको छ, मैले अस्ति भर्खर सदनमा पनि बोलेको छु’ उनले भने, ‘यो समस्याको समाधान सरकारले बल प्रयोग गरेर, प्रहरी प्रयोग गरेर, मान्छेलाई गोली हानेर गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ, यसलाई वार्ता, संवाद र समझदारीको माध्यमबाट हल गरिनु पर्दछ ।’

prachand 1

धार्मिक र सांस्कृतिक महत्वको स्थललाई समझदारीको माध्यमबाट अगाडी बढाउनुको सट्टा बल मिच्याई गरियो भने त्यसको प्रतिरोध हुने र माओवादी केन्द्र त्यो प्रतिरोधको साथमा हुने उनले चेतावनी दिए । 

कार्यक्रममा मुकुम्लुङ संरक्षण समिति झापाका अध्यक्ष हिमालय कन्दङवाको नेतृत्वमा रहेको समितिले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।