• सुदिप गिरी 

हल्दीबारी । 

झापाको हल्दीबारी–३ को लक्ष्मी माध्यमिक विद्यालयको ५७ औ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ।बार्षिकोत्सव विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिष्णुमाया तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा शुक्रवार भएको थियो । 

कार्यक्रममा  विशिष्ठ अतिथि, उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, शिक्षासेवी तथा हल्दीबारी माबिका पूर्व शिक्षक भीमबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष रबिलाल दाहाल, वडा सदस्य बिण्णुमाया ढुङ्गेल, विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समिति सदस्य तथा वडा सदस्य शर्मिला बि क, हल्दीबारी माबिका प्रधानाध्यापक टंकबहादुर पाख्रिन, पञ्चायत माबिका प्रधानाध्यापक कृष्णप्रसाद बन, शिक्षा शाखाका सहजकर्ता दुर्गाप्रसाद अघिकारि,चिल्ड्रेन गाडेन माबिका प्रधानाध्यापक दुर्गामणि गौतम, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द्र बोहोरा, दीपेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन भट्टराईको रहेको थियो । 

यसैगरी पूर्व प्रधानाध्यापक तथा अक्षयकोष संरक्षक ओम प्रसाद मिश्र, पूर्व प्रधानाध्यापक तथा अक्षयकोष संरक्षक गणेश प्रसाद पौडेल, पूर्व प्रधानाध्यापक नेत्र बहादुर गिरी, अक्षयकोष संरक्षक बिनोदप्रसाद भण्डारी,अक्षयकोष संरक्षक कृष्ण विलास वन, अक्षयकोष संरक्षक भिम बहादुर वन, अक्षयकोष संरक्षक जंग बहादुर खत्री, शिक्षक महासंघ अध्यक्ष तथा अक्षयकोष संरक्षक मदन पोखरेल,अक्षयकोष संरक्षक चन्द्रा वन, अक्षयकोष संरक्षक पदम बहादुर तामाङ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द घिमिरे, विद्यालय जग्गा दाताको परिवारबाट श्रीलाल किस्कु रातमाटे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक तामाङ , साना किसान कृषि सहकारी संस्था लि जलथलकि अध्यक्ष खेस कुमारी वन,पत्रकारहरू, लगायत शिक्षासेबी,समाजसेवी, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूको वाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको  थियो। 

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मदन पोखरेलले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए भने शिक्षक बोध कृण्ण पौडेल तथा कृष्णप्रसाद दाहालले कार्यक्रम सञ्चालन गरेका थिए। 

यता कार्यक्रममा स साना विद्यार्थीहरूले स्वागत नृत्यले स्वागत गरेलगतै मार्च पास गरिएको थियो। साथै विद्यार्थीलेहरूले देखाएको संस्कृतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो। विद्यालयको वार्षिक योजना तथा आगामी कार्यक्रमका विषयमा विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेले प्रतिवेदन प्रस्तुत गरेका थिए भने  कार्यक्रमको बिचमा विद्यालयको विभिन्न क्षेत्रमा अब्बल रहेका दर्जन भन्दा बढी विद्यार्थीहरूलाई प्रोत्साहान स्वरूप छात्रवृत्ति वितरण गरिएको थियो। सोही कार्यक्रमकाबिच शिक्षक तथा शिक्षिकाहरूको सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए ।