बिर्तामोड ।

मनकामना सेकेन्डरी स्कुलले २६ औं बार्षिकोत्वमा सांस्कृतिक कार्यक्रम गरेको छ । झापाको बिर्तामोड–१ मा सञ्चालित मनकामनाले आज (सोमवार) बिद्यालय परिसरमा बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम गरेर मनाएको हो । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा निजि तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।  स्वागत बिद्यालयका कक्षा युकेजीका नानीहरु सोनिया लिम्बु र सम्पदा चम्लागाईले गरेको उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षिका आयुशा दाहालले गरेकी थिइन् । 

सांस्कृतिक कार्यक्रम अन्तरगत नसंरीदेखि कक्षा १० सम्मका बिद्यार्थीहरुले नुत्य, गायन, नाटक, कराँते शोलगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयको शैक्षिक गतिविधि शैक्षिक संयोजक शारदाप्रसाद थपलियाले जानकारी गराएका थिए । 

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल केशव ढुङ्गाना, मनकामनाका क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, क्याम्पसका सञ्चालक कुमार थपलिया, भेषराज चम्लागाई, राम बुढाथोकी, लालीगुँरास स्कुलका संस्थापक उत्तम कटुवाललगायतको आतिथ्य रहेको थियो । 

सोही कार्यक्रमकाबिच बिद्यालयमा अध्ययन गरेर नेपालकै बिभिन्न क्षेत्रमा रहँदै आएका ८ जना पूर्व बिद्यार्थी, बर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, २ जोडी अभिभावकलाई सम्मान गरिएको छ । 

सम्मानीत पूर्व बिद्यार्थीहरुमा कन्चन गुप्ता, पूजा गुप्ता, अजय थपलिया, बिस्टीना नेपाल, साधना गिरी, सिद्धान्त थपलिया र सविन अधिकारी छन् । बर्ष उत्कृष्ट शिक्षकका रुपमा शिक्षिका आयुशा दाहाल, कर्मचारीमा चालक प्रताप पुरी र चित्रबहादुर भारती छन् । उत्कृष्ट अभिभावकका रुपमा पूर्णबहादुर पुरी र उनकी धर्मपत्नि, तोपलाल राजवंशी र उनकी धर्मपत्निलाई सम्मान गरिएको थियो । 

यसैगरी कक्षा १० का बिद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 

नर्सरीदेखि कक्षा १० मा अध्यापना हुने मनकामना बिद्यालयमा ६५० जना बिद्यार्थी अध्ययनरत रहेका बिद्यालयका प्रिन्सिपल केशव ढुङ्गानाले बताए । उनका अनुसार शिक्षिक, शिक्षिका र कर्मचारी गरेर ४९ जना रहेका छन् ।