अर्जुनधारा । 

नेपाल शिक्षक संघ अर्जुनधारा नगर समितिले नगर प्रतिनिधि सभा एवम् शिक्षक स्वागत, सम्मान र बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नवआगन्तुक शिक्षक बिन्दा भण्डारी, चुडामणी बराइली, पासाङ्ग तामाङ्ग, नरेन्द्र प्रकाश थापा, बन्जु खुलाललाई स्वागत सम्मान गरिएको  थियो ।

यसैगरी दीर्घसेवी शिक्षक शिवकुमार दाहाल, धनपती दाहाल, कल्पना दाहाल र उपेन्द्र गौतमलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी नवनियुक्त प्रधानाध्यापकहरु तोया ओली, देबीप्रसाद बिष्ट र पुस्पलाल गिरीलाइ प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल, बिशिष्ठ अतिथि सूचना प्राविधि प्रदेश प्रतिनिधि रुपक दाहाल र सम्मानित ब्याक्तित्व कल्पना दाहाललगायतले नगर प्रतिनिधि सभाले स्थानीय शिक्षकहरुको अपनत्व र जिम्मेवारीको बिकाससँगै शिक्षकका विभिन्न समस्याको समाधान गर्न एकता बनाउदै जाने र सगठनात्मक बिकाससँगै आउन लागेको शिक्षा विधेकले सम्पूर्ण शिक्षकको हितमा रहोस भन्दै सम्मानित शिक्षकहरुमा शुभकामना व्यक्त गरेका थिए । 

नेपाल शिक्षक संघ अर्जुनधाराकि अध्यक्ष सुजाता शिवाकोटी सापकोटाको अध्यक्षता सञ्चालित कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा पोख्रेलले गरेका थिए भने सहजीकरण सचिव टंक न्यौपानेले गरेका थिए ।