• सुदिप गिरी 

हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका–१ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयले ४८ औ वार्षिकोत्सब सम्पन्न गरेको छ । आज (बिहीवार) र्भको बार्षिकोत्सवमा सम्मान कार्यक्रम भएको थियो । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार लिम्खिमको सभापतित्वमा भएको कार्यक्रमको हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो भने हल्दीबारी–१ वडाध्यक्ष देबिबहादुर थापा, संस्थापक प्रधानाध्यापक काजीमान घिसिङ्ग, जनजागृति माबि प्रतिनिधि रामबहादुर दाहाल, जागृति क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष नरेन्द्र राई (नरेन), १ नम्बर वडाका वडा सदस्यहरू, पूर्व प्रधानपञ्च मानप्रसाद लिङ्देन, पूर्व गाबिस अध्यक्ष नारायण प्रसाद पोखरेल,  पत्रकारहरू र स्थानीय अभिभावक,बुद्धिजीवी लगायतको बाक्लो उपस्थिति रहेको थियो। 

स्वागत शिक्षक रामप्रसाद गुरूङले गरेको कार्यक्रममा विद्यालयको विगत, वर्तमान र भाबि योजना तथा शैक्षिक गुणस्तर सुधारका योजना र गतिविधिहरू  प्रधानाध्यापक प्रेमकुमार न्यौपाने जानकारी गराएका थिए। कार्यक्रममा विद्यालयका संस्थापक व्यवस्थापन समिति सदस्य बमबहादुर मगर, पुरूष तर्फबाट जेष्ठ नागरिक दल बहादुर गुरूङ, महिला तर्फबाट हिमकुमारी गौतम, संस्थापक प्रधानाध्यापक काजीमान घिसिङ, पूर्व प्रधानाध्यापक दिलकुमार नेम्वाङ, पूर्व प्रधानाध्यापक गणेश मान कन्दङ्गवा, पूर्व शिक्षिक लोकेन्द्र राज आङ्गदाम्बे, कार्यरत शिक्षक शिक्षिकाहरू तर्फ राम प्रसाद गुरूङ, धर्मध्वज बेघा, धनमाया आचार्य, सरिता राईलाई सम्मान पत्र, दोसल्लाद्वारा प्रमुख अतिथि, अतिथिहरू र प्रधानाध्यापकले सम्मान गरेका थिए । 

साथै कार्यक्रमका बिच विद्यालयमा स्थापना गरिएको रैथाने संग्रहालय समेत उद्घाटन गरिएको थियो । संग्रहालयमा पुराना तथा प्राचीन घर गाउमा स्थानीय उत्पादन र दैनिक घरायसी प्रयोग हुने औजारहरूको परिचय सहित संकलन गरि राखिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, मार्च पास संन्थाल नृत्य लगायतको प्रस्तुत गरेका थिए । पूर्व विद्यालय व्यबस्थापन समिति अध्यक्ष तथा पूर्व जनप्रतिनिधि पदम सुन्दर राईको स्मृतिमा उनको धर्म पत्नि उमा राई सहित परिवारद्वारा स्थापना गरिएको अक्षयकोषलाई ९० हजार थपगरि जम्मा २ लाख १ हजार पुर्याएको थियो। शुभकामना मन्तब्य विशेष अतिथि देबि बहादुर थापा र प्रमुख अतिथि रबिन्द्र प्रसाद लिङ्देनले गरेका थिए। कार्यक्रमको सहजिकरण धर्मध्वज वेगा र मणिराज दंगालले गरेका थिए।