- धर्मेन्द्र मामा
बिर्तामोड ।
बसन्त पञ्चमीको अवसर पारेर बिर्तामोडमा सञ्चालित नोभा एजुकेसन फाउन्डेसन र लाइमलाईट एजुकेसन एण्ड भिसा सर्भिसेसले नयाँ शाखा विस्तार गरेको छ।
बिर्तामोडको भद्रपुर रोडमा सञ्चालित लाइमलाइट एजुकेसन र कन्काई रोडमा सञ्चालित नोभा एजुकेसन फाउन्डेसन ले देवी माध्यमिक विद्यालयको उत्तरपट्टि रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
एक समारोहका बीच बिर्तामोड नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष रोहित प्रसाईले उक्त फाउन्डेसनको उद्घाटन गरेका छन्। लामो समयदेखि कन्काई रोडमा सञ्चालित फाउन्डेसनले लोकसेवा आयोग शिक्षक सेवा आयोग तथा विभिन्न विषयमा ट्युसन कक्षाहरु सञ्चालन गर्दै आएको थियो।
नोभा एजुकेसन फाउन्डेसनका अध्यक्ष प्रकाश पराजुलीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि प्रसाई नेल्टाका कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराई मेची क्याम्पसका प्राध्यापक नेत्र नेपाल जनप्रतिनिधि ओम भक्त सेढाई काशीनाथ पराजुली लक्ष्मी बास्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए।
फाउन्डेसनका सञ्चालक टेकनाथ वाग्लेले सञ्चालन गरेको उक्त समारोह मा फाउन्डेसनकै सदस्य अनिषा खनालले स्वागत मन्तव्य राख्नुभएको थियो। नव स्थापित उक्त शाखाले आगामी हप्तादेखि नियमित कक्षाहरू सञ्चालन गर्ने फाउन्डेसनका सञ्चालक प्रकाश पराजुलीले बताए।