झापा । 

केवलकार निर्माणको चौतफी बिरोध हुने थालेको छ । कोशी प्रदेश अर्थात प्रदेश नम्बर १ ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ धार्मिक स्थलमा राज्यको संक्षणमा एक व्यापारीलाई समग्र नागरीकहरुको र विषेशगरी आदीवासीहरुको आस्थाको धरोहर सँगै धर्म र भावना विपरीत केवलकार निर्माण गर्ने राज्यको निर्णय विरुद्ध चौतर्फी बिरोध हुन थालेको हो । 

विगत लामो समयबाट विभिन्न राजनीतिक दल र संघ संस्थाहरु शान्तिपूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरु निरन्तर गर्दै आएको अवस्थामा सर्वपक्षिय वार्ता मार्फत समस्याको समाधान खोज्नु पर्नेमा गत माघ १२ गते राज्यद्वारा निशस्त्र अधिकारकर्मीहरु माथि निर्मम तवरवाट अन्धाधुन्दा गोली प्रहार गरी घाईते बनाईएको प्रति दर्जनौ बढी संघसंस्था आन्दोलित भएका छन् । 

यसै क्रममा भोजपुर जिल्लामा क्रियाशिल राजनीतिक दल र संघ संस्थाले पनि उक्त  घटनाप्रति गम्भीर ध्यानाकर्षण र घोर भत्र्सना गरेको छ । 

उक्त घटनालाई तनावग्रस्त हुनबाट रोक्नका लागि सम्बन्धित संघर्षरत सम्बन्धित सरोकारवाला संघ सस्था राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरुको सहभागितामा वार्ता आयोजना गरी राज्य र अधिकारकर्मी दुवै पक्षबाट वल प्रयोग गर्ने र भिडन्त हुने अवस्थाको अन्त्यका लागि वार्ताको माध्यमबाट समस्याको समाधानको बाटो पहिल्याउन र घाईतेहरुको निःशुल्क उपचारका लागि राज्य पक्षसँग जोडदार माग गरेका छन् । 

भोजपुरका राजनीतिक दलहरु नेपाली कांग्रेस सभापति विनोद वान्तावा, नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य हकराज राई, जनता समाजवादी पार्टीका सचिव पवन राई, नेकपा एस, केन्द्रिय परीषद सदस्य सिद्धिकुमार राई,  रास्वपा नगर सभापति तिलक गुरुङ, नेपाल कम्युनिष्ट पार्टी, सचिव पाविहाङ राई,  १ नम्बर प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समिति, संयोजक विदुर राई र किरात राई चाम्लिङ खाम्वातिम, सदस्य गोकुल नाम्बुहाङ राईले मंगलबार संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनाका साथ राज्यको दमनकारी गतिविधिको विरोध गरेका छन् ।यता राज्यपक्षले सुरक्षा ब्यवस्थाका साथ केवलकार निर्माण कार्य भने जारी राखेको छ ।