बिर्तामोड । 

नेकपा एमाले बिर्तामोड नगर कमिटीले वृद्धवृद्धाहरुलाई लौरो वितरण गरेको छ । बिर्तामोड–६ स्थित शितलनगर र काभ्रेपाटीमा बुढेसकालको सहारा लौरो बोकेर गाउँमै पुगेर वृद्धवृद्धाहरुलाई बितरण गरेको हो ।  हिडडुल गर्न सहजताका लागि लौरो प्रदान गरिएको एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले बताए ।  

‘बुढेसकालको सहारा भनेर मात्र हुदैन, व्यवहारमै देखिनुपर्छ’ अध्यक्ष भट्टराईको भनाई थियो । एमालेले बिर्तामोड क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै सधैंव वृद्धवृद्धालाई सम्मान गरिरहेको अध्यक्ष भट्टराईले बताए । 

नेकपा एमाले बिर्तामोड ६ को टोल नं. ३ अन्तर्गत शितल नगर, काभ्रेपाटो क्षेत्रमा पुगेर वृद्धवृद्धाहरुलाई लौरो वितरण गरेको थियो। २० जना वृद्धवृद्धाहरु लौरो उपहार स्वरुप वितरण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

टोल कमिटीका अध्यक्ष नेत्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि प्रसाईले जिउँदो भगवान नै ज्येष्ठ नागरिक भएको बताइन् । ज्येष्ठ नागरिकको सम्मानले मात्र हाम्रो जीवन सार्थक हुने उनको धारणा थियो ।

वृद्धहरुलाई ढाका टोपी लगाउदै लौरो प्रदान गरिएको सौरव तिम्सिनाले जानकारी दिए ।