बिर्तामोड । 

आदर्श स्कुल अफ मेनेजमेन्ट झापा बिर्तामोडले जेहेन्दार, आदिवासी तथा सीमान्तकृत समुदायका विद्यार्थी लाई छात्रवृत्ति प्रदान गरेको छ। शैक्षिक सत्रको शुरुमै घोषणा गरेको छात्रवृत्तिलाई आन्तरिक परिक्षाको नतिजापछि घोषणा गरिएको कलेजका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिएका छ्न् । 

कक्षा ११ होटल मेनेजमेन्ट तर्फ मानस राजवंशी, सपना राजवंशी र श्रवण हेमरमलाई ५०÷५० प्रतिशत र कक्षा १२ बिजनेस स्ट्डिजतर्फ समिर हेमरमलाई सत प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ। 

कलेजले आज (शुक्रवार) एक औपचारिक कार्यक्रम गरि राजवंशी बिकास समाज समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले छात्रवृत्ति पाउने विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । 

कार्यक्रममा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले वडाबाट सिफारिस भै निःशुल्क बारिस्टा सिकेका युवा, सेफ राज पौडेल ,हस्पिटालिटी बिज्ञ निरज श्रेष्ठ, सुरुवाती कोठा नेपालका कोषाध्यक्ष यज्ञराज कडरिया, आदर्श कलेजका डाइरेक्टर सन्जोग खरेलले भाक्का दिवसका स्वयंसेवक विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रसंशा पत्र प्रदान गरेका थिए ।